पोखरा। नवदुर्गा क्लब पोखरा १३ आर्वाको आयोजनामा दोस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता हुने भएको छ । युवाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद नाराका साथ यही चैत २९ देखि वैशाख १ सम्म प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मनोज बरालले बताए ।
रतनपाण्डे माविको खेल मैदानमा हुने प्रतियोगिताका विजेता र उपविजेताले क्रमश ३५ हजार र २० हजार नगदका साथमा मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव सुदर्शन बरालले जानकारी दिए । चैत २८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ भने दर्ता शुल्क ३ हजार तोकिएको छ । प्रतियोगितामा जिल्ला, प्रदेश र राष्ट्रिय खेलाडीले सहभागिता जनाउन पाउने छैनन् ।
भलिबल खेलप्रति युवाहरुलाई आकर्षित गर्दै प्रोत्साहन गर्ने र प्रभुधाम धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक आशीष थापाले बताए ।
Related News
सम्बन्धित समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१