पोखरा । लायन्स क्लव अन्तर्राष्ट्रिय अन्तर्गत डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपालको डिष्ट्रिक्ट गभर्नरमा मिलन थापा चुनिएकी छन् । शनिबार पोखरामा सम्पन्न दोस्रो महाधिवेशनबाट थापा डिस्ट्रिक्ट गभर्नरमा चुनिएकी हुन् ।
डेढ दशक बढी लायन्सको यात्रामा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी थापा लायन वर्ष २०२४÷ ०२५ का लागि डिस्ट्रिक्ट गभर्नर बन्न सफल भएकी हुन् । उनी लायन्स क्लब अफ पोखरा सेती गण्डकीको पूर्वअध्यक्ष हुन् । महिला उद्यमी थापा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय छन् । लायन्समा उनी सन् २०१० बाट आबद्ध हुँदै विभिन्न पदमा रहेर काम गरिसकेकी छन् ।
विगत १४ वर्षदेखि अनवरत रूपमा सक्रिय रहँदै डिस्ट्रिक्टका विभिन्न पदमा रहेर सफलताका साथ जिम्मेवारी सम्हाल्दै आएकी थापालाई डिस्ट्रिक्ट ३२५ जे नेपालको भाइस डिस्ट्रिक्ट गभर्नर पदमा लायन्स क्लब अफ पोखरा सेती गण्डकीले दुई वर्ष पहिले अगाडि बढाएको थियो ।
थापा सफल व्यवसायी मात्र नभई विभिन्न सामाजिक संघ संस्थामा समेत कुशल नेतृत्व प्रदान गरिसकेकी छन् । उनी करिब १ दर्जन भन्दा बढी संघ संस्थामा आबद्ध छन् ।
महाधिवेशनबाट डिस्ट्रिक्टको प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा मिलनबाबु मल्ल निर्वाचित भएका छन् । मल्ल लायन्स क्लब अफ काठमाडौं वनस्थलीका पूर्व अध्यक्ष हुन् । डिस्ट्रिक्टको द्वितीय भाइस गभर्नरमा प्रजापति बास्तोला निर्वाचित भएका छन । उनी लायन्स क्लब अफ पोखरा चौतारीका पूर्व अध्यक्ष हुन् ।
यसैबीच गभर्ननरमा निर्वाचित मिलन थापाले आफूलाई विश्वास गरी गभर्नर निर्वाचित गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेकी छन् । उनले आफ्नो कार्यकाल महिला उद्यमशीलता तथा युवाहरुलाई लक्षित गरी लागू औषध न्युनीकरण अभियानमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।
त्यस्तै थापाले आफ्नो कार्यकालका लागि डिस्ट्रिक सचिवमा कृष्णबहादुर अधिकारीलाई मनोनित गरेकी छन् । अधिकारी पोखरा चौतारीका पूर्व अध्यक्ष हुन् । त्यस्तै डिस्ट्रिक ट्रेजररमा कल्पना थापा र चिफ एडभाइजरमा कुश मालीलाई गभर्नर थापाले मनोनीत गरेकी छन् ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
वैशाख ३०, २०८१