पोखरा । अन्तर्राष्ट्रिय गणित दिवस (मार्च १०) का अवसरमा नेपाल गणित समाज गण्डकीले हालै म्याथम्याट्रिक्स इन स्ट्रिट कार्यक्रम पोखराका खुदीलगायत विभिन्न सडकहरूमा भव्यताका साथ हालै सम्पन्न गरेको छ ।
पोखरा विश्वविद्यालयका उपकूलपति प्राडा प्रेमनारायण अर्यालले खेलका माध्यमबाट कार्यक्रमको उद्घाटन गर्दै गणित विषय आफैंमा अत्यन्त गहन भएकाले त्यस क्षेत्रमा काम गर्ने व्यक्तिहरू नै जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
गणित समाज, गण्डकीका अध्यक्ष प्राडा त्रिभुवन शर्माले गणितको महŒव र यसको व्यावहारिक ज्ञान जनसमक्ष पु¥याउने कार्यक्रमको उद्देश्य रहेको जानकारी दिए ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन तथा गणित समाज गण्डकीका उपाध्यक्ष प्रा. राजनकुमार ठगुराठीले कार्यक्रमबारे प्रकाश पारे ।
कार्यक्रममा कोषाध्यक्ष माधवप्रसाद पौडेल, सदस्यहरू मञ्जु सुवेदी, रमेशकुमार आचार्य र ठाकुरप्रसाद पोख्रेल तथा स्वयंसेवी विद्यार्थीहरूले आगन्तुकलाई गणितसम्बन्धी विभिन्न खेलहरु खेलाएर मनोरञ्जन प्रदान गरे । कार्यक्रममा मदरल्यान्डलगायत विद्यालयका विद्यार्थीले आफ्नो पायक पर्ने ठाउँमा यो दिवस मनाएका थिए ।
गणित समाज गण्डकीका सचिव विश्वराज अधिकारीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा सदस्य डा खरिका पराजुली र केन्द्रीय सहसचिव सहप्राध्यापक डा. ईश्वरमणि अधिकारीले गणितसम्बन्धी कविता तथा गजल सुनाएका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
गैंडाकोटको अक्सफोर्ड कलेजका विद्यार्थीलाई बधाई एवं सम्मान
विन्ध्येश्वरी आदर्शमा निर्वाचन तथा स्वागत
फिस्टेल एसइई कप २०८१ को तयारी
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१