एमाले गोरखा अध्यक्षमा पिएस पक्षधर सुरेन्द्रबहादुर थापा विजयी

आदर्श समाज सम्वाददाता
फागुन २८, २०८०
gorkha uml

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाको आठौं जिल्ला अधिवेशनबाट पार्टी जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । आइतबार राति सम्पन्न भएको मतगणनामा थापाले निकटतम प्रतिद्वन्द्वी कृष्ण नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएको पार्टीका सचिव काजीराम रोकाले जानकारी दिए । थापाले २ सय ८० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपालीले २ सय ५ मत प्राप्त गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष थापा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् । नेपाली खगराज अधिकारी पक्षधर हुन् ।सर्वसम्मतरुपमा नेतृत्व चयनको प्रयास असफल भएपछि दुवै पक्षबीच प्यानल नै बनाएर प्रतिस्पर्धा भएको हो ।

निर्वाचनमा पार्टी जिल्ला कमिटीको उपाध्यक्षमा मेनबहादुर अधिकारी विजयी भए । अधिकारी २ सय ७० मत ल्याएर उपाध्यक्षमा विजयी हुँदा प्रतिस्पर्धी कमल दानीले एक सय २१ र अर्का प्रतिस्पर्धी कृष्ण काप्रीले ७१ मत प्राप्त गरे ।

त्यस्तै अधिवेशनबाट पार्टी जिल्ला कमिटीको उपसचिवमा २ सय ६५ मत ल्याएर मनोज जोशी र उपसचिव महिलातर्फ शान्ति चापागाईं विजयी भए । एमालेमा ९९ सदस्सीय कार्यसमिति रहने व्यवस्था रहेको छ । सोमध्ये ८९ प्रत्यक्ष निर्वाचनवाट निर्वाचित भएर आउने र १० जना भने कार्यसमितिले मनोनीत गर्ने व्यवस्था रहेको सचिव रोकाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width