फोनिजद्वारा पत्रकार महासंघलाई अल्टिमेटम र स्मरणपत्र

आदर्श समाज सम्वाददाता
फागुन १६, २०८०
Fonij Gandaki Photo

पोखरा । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको दाबीसहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघलाई मंगलबार अल्टिमेटम र स्मरणपत्र बुझाएको छ । महासंघ प्रदेश र जिल्ला शाखाहरुले फोनिजको प्रदेश र सम्बन्धित शाखाहरुले सातदिने अल्टिमेटम र स्मरणपत्र बुझाए ।

फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङ र कास्की अध्यक्ष दिलप्रसाद गुरुङ नेतृत्व टिमले मंगलबार प्रदेश र जिल्लामार्फत महासंघ केन्द्रलाई पत्र बुझायो । महासंघ गण्डकीतर्फबाट महासचिव गोविन्द सुवेदी र कास्कीतर्फबाट विमला भण्डारीले उक्त पत्र बुझेका हुन् ।

फोनिज लामो समयदेखि नेपाल पत्रकार महासंघको गलत इतिहास सच्याउन संघर्षरत छ । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) का संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासंघका सबै समितिमार्फत माग गरिएको थियो । त्यसैको स्मरण गर्दै फोनिजले पुनः स्मरणपत्र बुझाएको हो ।

२००८ बैशाख ९ मा श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुनर्गठन गरेको इतिहास रहेको स्मरणपत्रमा उल्लेख गरिएको छ । त्यसपछि, २०१२ चैत १६ गते पुनर्गठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बनेको पनि पत्रमा छ । तथ्यहरुले सत्यनारायणबहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको स्मरणपत्रमा उल्लेख छ ।

सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासंघ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासंघको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको हो । अल्टिमेटममा ७ दिनभित्र सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गरिएको छ । माग पूरा नभए महासंघका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने चेतावनी दिइएको छ ।

महासंघ गण्डकी महासचिव सुवेदीले फोनिजको माग सहितको अल्टिमेटम र स्मरणपत्र तत्काल केन्द्रमा पठाउने बताए । सत्य लुकाएर लुक्न नसक्ने उनको भनाइ थियो । केन्द्रले अझै गहन अनुसन्धान गरेर यसबारे निर्णय गरेपछि सोही अनुसार अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।

पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीले फोनिजको मागसहितको ज्ञापनपत्र तत्काल केन्द्रमा पठाउने बताइन् । पत्रकारबीचको सद्भाव खलल हुन नदिन आफ्नोतर्फबाट प्रयास रहने उनले सुनाइन् ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…

hero news full width