शान्ति निकेतनको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
shanti niketan school

पोखरा ।  शान्ति निकेतन स्कुलको १८ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह शनिबार भएको छ ।

समारोहको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले संस्थागत विद्यालयको व्यवस्थापन पक्ष मात्रै निजी हुने उल्लेख गरे । उनले जुनसुकै विद्यालयका विद्यार्थीप्रति राज्यको समान दायित्व रहनुपर्ने औंल्याए । स्थापनाको छोटो समयमा विद्यालयले राम्रो फड्को मारेको जनाउँदै अध्यक्ष डा. शर्माले चाँडै नै व्यवस्थित शिक्षा ऐन आउने विश्वास समेत दिलाए ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण केसीले पोखराको शैक्षिक इतिहासमा शान्ति निकेतनको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्दै निजी शैक्षिक संस्थाप्रति राज्यले सौतेनी व्यवहार गरिरहेको धारणा राखे ।

गण्डकी बोडिङ स्कुलका पूर्व प्राचार्य रवि बरालले शिक्षा चेतनाको संवाहक भएको स्पष्ट पार्दै संस्कारयुक्त विद्यार्थी निर्माणमा ध्यान दिनुपर्ने जनाए । प्रधानाध्यापक डा.महेश्वर पराजुलीले संस्कारयुक्त शिक्षा दिने उद्देश्यका साथ विद्यालय स्थापना गरिएको स्मरण गर्दै निजी विद्यालय प्रति राज्य पूर्वाग्राही बन्न नहुने स्पष्ट पारे ।

यस अवसरमा अभिभावक कपिलमणि दाहाल, विद्यार्थी अदिति पराजुली लगायतले पनि धारणा राखे ।

कार्यक्रमका बीच सामाजिक सेवा अन्र्तगत विद्यालयले जेष्ठ नागरिक मिलन केन्द्र पस्र्याङमा ५० हजारको अक्षयकोष स्थापना गरेको छ । त्यस्तै शिक्षक हेम सुवेदी, सुरज अधिकारी, अप्सरा कोइराला, संगीता थापा, शुशीला अधिकारी, सन्तोष मल्ल, रचना पोख्रेल, नारायणी पराजुली दीर्घ सेवा (१० वर्ष बढी) बाट सम्मानित भए ।
त्यसैगरी पूर्व आधारभूततर्फ जमुना भुजेल, आधारभूततर्फ सुनिता कोइराला र माध्यमिकतर्फ भुवानीप्रसाद अधिकारी उत्कृष्ट शिक्षक घोषित हुँदै पुरस्कृत भए ।
विभिन्न प्रस्तुति राखिएको उक्त समारोहका बीच शान्ति निकेतन रत्न पदकबाट एसएलसीमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरियो । त्यस्तै कुशल अभिभावक कलाबारे डा. रविन कटुवालले सहजीकरण गरे ।

विद्यालयका अध्यक्ष कृष्णमणि भुत्र्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक यदुविलास भुत्र्यालले स्वागत तथा परीक्षा संयोजक शिक्षक हेम सुवेदीले कार्यक्रम सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको ५ किमी छात्रछात्रा सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर…
  • ‘शिक्षामा राजनीतिक हस्तक्षेप बढ्यो’

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाका विद्यालयहरूमा पालिकाले राजनीतिक पूर्वाग्रही भएर विद्यालयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यहाँका ४ राजनीतिक दलले पालिकामा…
  • हिल प्वाइन्टमा विद्यार्थी तथा शिक्षकको स्वागत

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हिल प्वाइन्ट सेकेन्डरी स्कुल, माटेपानीले नवआगन्तुक विद्यार्थी तथा नवनियुक्त शिक्षकलाई स्वागत गरेको छ । विद्यालयका संस्थापक प्राचार्य दिवाकर…
  • इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा। इन्द्रराज्यलक्ष्मी मावि, लामाचौरको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भएको छ । त्यस अवसरमा गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…

hero news full width