हरिहरको ‘कखरा’ माथि चर्चा

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
random news

पोखरा ।  र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा गरेको छ ।

साहित्यकार हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’ माथि परिचर्चा गर्दै सोसाइटीकै पुस्तक छनोट समिति सदस्य हसिना बस्नेतले उपन्यास शिक्षक, विद्यार्थी र अभिभावकले पढ्नैपर्ने कृति भएको धारणा राखिन् । ‘नेपाली साहित्यमा किशोरावस्थाका बालबालिकाको मनोविज्ञानको अध्ययन गरी एकदम थोरै पुस्तक लेखिएका छन्,’ बस्नेतले भनिन्, ‘एक आदर्श विद्यालयको परिकल्पना र योजना प्रस्तुत गरिएको यो किताबलाई शिक्षाका नीति निर्माणकर्ता, हरेक अभिभावक, शिक्षक, सञ्चालक सबै सबैले पढ्नैपर्ने पुस्तकको सूचीमा राख्न सकिन्छ ।’

उपन्यासकार तिमिल्सिनाले सबैभन्दा बढी पढ्नुपर्ने वर्ग शिक्षक भएकोमा जोड दिँदै उनीहरूले पढे मात्र विद्यार्थीमा पढ्ने बानी बसाल्न सकिने धारणा राखे । ‘सिकाउनेले पढौं’ अभियानसमेत सञ्चालन गर्दै आएका तिमिल्सिनाले ‘एजुकेसन’ भन्दा ‘स्कुलिङ’ हावी भएको बताए । देशभित्र र बाहिरका विभिन्न विद्यालय घुमेको अनुभव सुनाउँदै उनले बालबालिका इमानदार हुने भएकाले उनीहरूलाई पठन संस्कृतिसँग जोड्न सक्दा शैक्षिक र सामाजिक विकास हुन सक्ने बताए । आफूले किताबमा गरेको आदर्श विद्यालयको परिकल्पना नेपालमै पनि साकार हुँदै गएकोमा उनले खुसी व्यक्त गरे । हामीले परम्परागत रूपमा पढाउँदै आएका पाठ्यपुस्तकले संसारमा १० प्रतिशत मात्रै व्यावहारिक जीवनमा काम गरेको तथ्य भेटिएको बताउँदै बालबालिकालाई स्वतन्त्र पढाइमा आकर्षित गर्नुपर्नेमा तिमिल्सिनाको जोड थियो ।

सोसाइटी अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कवि रमेश श्रेष्ठ, ध्रुव केसी, कृष्ण केसी, ईशा शाह, रीता अधिकारी ‘ऋतु’, सुरेश लम्साल, गीता लामिछाने, जीवनसागर भण्डारी, डा. भूमिराज बस्ताकोटी, सुरज पौडेल, लोचना अधिकारी, गीता तिवारी, धर्मेश जैसवाल, भीम न्यौपाने लगातयले टिप्पणी गरेका थिए । कार्यक्रम सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै विषय वा पुस्तकमाथि बौद्धिक बहस सञ्चालन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती अवसरमा कास्की शाखाले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । केन्द्रले भने…
  • गोकुल जोशीको जन्मजयन्तीमा रचना वाचन

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । जनकवि गोकुल जोशीको ९५ औं जन्मजयन्ती कवि तथा साहित्यकारले रचना वाचन गरी मनाएका छन् । तनहुँ सम्पर्क समाज…
  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…

hero news full width