पोखरा । लन्डनको लेस्चर स्क्वायरमा समेत ग्रान्ड प्रिमियर ‘गोर्खा वारियर’ ११ फागुनमा रिलिज हुँदैछ । फिल्म युनिट प्रचारका लागि शुक्रबार लाहुरेहरुको सहर पोखरा आएको छ ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ नेपाली चलचित्र क्षेत्रकै सान भएको दाबी गरे । ‘यो फिल्म नेपाली चलचित्र क्षेत्रकै सान हो । विदेशमा यो फिल्म जसरी रुचाइयो र विदेशमा डिमाण्ड छ,’ उनले भने, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन इँट्टा थप्ने काम गरेको भन्ने लागेको छ ।’ झण्डै एक दर्जन फिल्म बनाइसकेका मिलनले ‘गोर्खा वारियर’ मार्फत २०९ वर्षको इतिहास बोकेको गोर्खालीको वीरता देखाउन खोजेको बताए । उनका अनुसार फिल्म ७०/८० वर्षअघिको कथा हो । सिन्धुली, सोलुखुम्बु, काठमाडौं, मलेसियालगायतमा छायांकन भएको फिल्म साढे ३ वर्ष लगाएर तयार भएको हो । हँसिया, वीरविक्रम, लिलिबिली, बबी जस्ता फिल्म निर्माण गरिसकेका चाम्स पूर्व ब्रिटिस आर्मी हुन् ।
७ फागुनमा पोखरामा समेत प्रिमियर हुने यो फिल्म मलाया युद्धमा नेपालीले प्रदर्शन गरेको वीरताको कथामा आधारित फिल्म हो । कथा सन् १९४९ वरिपरि घुम्छ । जतिबेला मलाया युद्ध नेपालीले के–कस्तो अवस्थामा लडेका थिए, तिनको परिवार तथा जीवनसमेत फिल्मले समेट्ने प्रयास गरेको छ ।
११ फागुनमा रिलिज हुने फिल्म ७ फागुनमा पोखरामा प्रिमियर हुने
कोरियन एक कम्पनीले ७ वर्षका लागि विभिन्न प्लेटफर्ममा देखाउन फिल्म किनिसकेको र अमेरिकन कम्पनीले पनि चाँडै नै विश्वभर वितरण गर्ने तयारी गरेको निर्देशक चाम्सले बताए ।
डेब्यु फिल्मबाट नायक रितेश चाम्स पनि निकै आशावादी देखिन्छन् । खोटाङका यी ब्रिटिस लाहुरे खासमा क्याप्टेन हुन् । उनले थुप्रै पटक विमान उडाएका छन् । सन् २०१६ मा अडिसनमार्फत नायकमा इन्ट्री गरेका उनले फिल्मकै लागि जल, थल र वायुमा आवश्यक पर्ने सिनका लागि विभिन्न तालिम लिएका छन् । उनी बेलायतको पाइन उड स्टूडियोमा अभिनयमा मास्टर्स गर्ने पहिलो नेपाली समेत हुन् । ब्रिटिस आर्मी, क्याप्टेन र नायकका यी त्रिवेणी फिल्म सुटिङका बेला झण्डै ज्यान गुमाएका थिए । त्यसैले उनी यो जीवन बोनस हो भन्छन् ।
नायिका रेविका गुरुङले अभियनको हिसाबले निर्देशकको आशा नमारेको दाबी गरिन् । फिल्ममा चान्स दिएकोमा निर्देशक चाम्सप्रति आभार व्यक्त गर्दै उनले इतिहास जोगाउने सिनेमामा काम गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । फिल्ममा वारसँगै गोर्खाको परिवारको आशा, दर्द, पीडा र उतिबेलाको लाइफस्टाइल कस्तो थियो भन्ने देख्न पाइने बताइन् ।
मिडिया एड्भाइजर पत्रकार डब्बु क्षत्रीले ‘गोर्खा वारियर’ गोर्खालीको गाथा अन्तर्राष्ट्रियस्तरमै चिनाउने फिल्म भएको बताए । कथा हाम्रो र व्यथा पुर्खाको समेटेर सिनेमा निर्माण गरिएको उनको भनाइ छ । चलचित्र पत्रकार संघ जिल्लास्तरमा विस्तारले नेपाली सिनेमा प्रवद्र्धनमा समेत टेवा पुगेकोमा खुसी लागेको बताए । कार्यक्रममा मिडिया को-अर्डिनेटर सरिता भारती, किरात प्रतिष्ठानका सल्लाहकार मनोज राई लगायतको उपस्थिति थियो । चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष प्रभू अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।
फिल्ममा रितेश, रेविकासहित विजय लामा, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशीष गुरुङलगायतको अभिनय छ । निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समीर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’ को गीत रचना र एलिस कार्कीको संगीत छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा फिल्म निर्माणमा ठूलो रकम खर्च भएको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१