पोखरा । म्याग्दी पोखरा चौतारीको वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले डा. मेखबहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको पोखरामा भएको अधिवेशनबाट पूर्व प्रहरी उपरीक्षक समेत रहेका डा. खत्रीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समिति वरिष्ठ उपाध्यक्षमा गोपाल घिमिरे, उपाध्यक्ष कुलवीर राम्जाली, महासचिव झलकनाथ शर्मा, सचिव गोकर्ण बरुवाल, कोषाध्यक्ष माया केसी र सहकोषाध्यक्ष टेकबहादुर खत्री निर्वाचित भए । सदस्यमा बिना पाइजा, लक्ष्मी पुन, कान्ति श्रेष्ठ, प्रेम घले, तमबहादुर रोका, लोकबहादुर भण्डारी, लोकनाथ भट्टराई, शेषराम पुर्जा पुन, दलमान छन्त्याल, शर्मिला खत्री, सरस्वती खड्का, हरि घिमिरे र धनबहादुर शेरचन छन् । सल्लाहकारमा डा. प्रेमबहादुर पुन, महेश पराजुली, पूर्णबहादुर पुन, डम्मर पुर्जा पुन, इ. रुजिन्द्र तुलाचन, दुर्गा घिमिरे, हेमबहादुर बानियाँ र डा. कृष्णचन्द्र रिजाल छन् ।
रामचन्द्र आचार्य संयोजकत्वको निर्वाचन समितिले निर्वाचनको काम गरेको थियो । सदस्यमा महेश पराजुली र डम्बर पुर्जा पुन थिए ।
प्रमुख अतिथि संस्थाका सल्लाहकार एवं वरिष्ठ चिकित्सक डा. प्रेमबहादुर पुनले चौतारीले सामाजिक सेवामा गरेका महत्वपूर्ण कार्यको प्रशंसा गर्दै संस्थाको हितमा तन, मन र धनले सहयोग गर्न आग्रह गरे ।
संस्थाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष महेश पराजुली, सल्लाहकार तथा संस्थापक उपाध्यक्ष डा. मेखबहादुर खत्री, सल्लाहकार झलकनाथ शर्मा लगायतले संस्था स्थापना गर्नुको उद्देश्य, आवश्यकता र आफ्नो अनुभव सुनाए ।
कार्यक्रममा पर्वत पोखरा समाज र बागलुङ पोखरा समाजका प्रतिनिधिले पनि बोलेका थिए ।
सहसचिव इ.रुजिन्द्र तुलाचनले संचालन गरेको कार्यक्रममा अध्यक्ष प्रेमशंकर बरुवालले पेस गरेको वार्षिक प्रतिवेवदन, उपाध्यक्ष गोपाल घिमिरेको आर्थिक प्रतिवेदन तथा विधान संशोधन समिति संयोजक डा. मेखबहादुर खत्रीले पेस गरेको विधान संशोधन प्रस्ताव सभाले पास गरेको छ । कार्यक्रममा स्वागत उपाध्यक्ष गोपाल घिमिरेले गरेका थिए ।
२०६३ सालमा स्थापित म्याग्दी पोखरा चौतारीले म्याग्देलीको हितमा विभिन्न कार्यक्रम गर्नुका साथै स्वास्थ्य शिविर, रक्तदान, विपत्तिमा परेका पीडितलाई खाद्यान्न सहयोग, बेरोजगार, वृद्धाश्रम, गुरुकुललाई खाद्यान्न एवं राहत सहयोग गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
एकातिर खोला, अर्कैतिर पुल
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
फिल्म ‘लण्डन टु पेरिस’ को ‘चाहन्छु यो माया’ गीत सार्वजनिक
hero news full width
मुख्य समाचार
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१