सहारा एकेडेमीलाई १ लाख ११ हजार सहयोग

आदर्श समाज सम्वाददाता
माघ १७, २०८०
sahara helps

पोखरा । सहारा फुटबल एकेडेमीमा आर्थिक सहयोग प्राप्त भएको छ । २३ औं आहा रारा पोखरा गोल्ड कप अवसरमा पूर्व राष्ट्रिय फुटबल खेलाडी पोखरा–१५, लक्ष्मीटोलका रुपक गुरुङ र समाजसेवी नन्दा गुरुङले सहारा एकेडेमीको अक्षयकोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका हुन् ।

भारतीय एक्स आर्मी इन्टरसर्भिसमा समेत आबद्ध रुपकको परिवार हाल बेलायतमा बसोबास गर्दै आएको छ ।

उक्त रकम बराबरको चेक बुधबार पोखरा रंगशालामा उनीहरुले सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरे ।

एकेडेमीमा आश्रित बालकहरुको शिक्षा दीक्षामा थप टेवा पुग्ने विश्वासका साथ उक्त सहयोग गरिएको रुपकले बताए ।

पोखरा १७ दोबिल्लास्थित एकेडेमीमा हाल ८ जिल्लाका १४ बालक आश्रित छन् ।

आगामी नयाँ शैक्षिक सत्रमा थप बालक छनोट गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । एकेडेमीमा ३० जनासम्म बालक राख्न सक्ने क्षमता छ ।

Related News

सम्बन्धित समाचार

hero news full width