सूर्यदर्शन सहकारी ठगी आरोपी महेन्द्र गुरुङसहित २ जना प्रहरी हिरासतमा

आदर्श समाज सम्वाददाता
पौष १७, २०८०
mahendra bhote – rajendra

तस्बिर : राजेन्द्र अधिकारी

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार २ जना प्रहरी हिरासतमा परेका छन् । शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र आइटी प्रमुख भविश्वर अर्याल हिरासत पुगेका हुन् ।

उनीहरु दुवैजना मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । दुवैजनाको मंगलबार बयान लिइएको छ । बयान नसकिएपछि बुधबार पुनः बयान लिने र थुनछेक बहस चल्ने जिल्ला अदालत कास्कीले जनाएको छ ।

उनीहरुलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । सूर्यदर्शन सहकारीको ठगी आरोपमा प्रहरीले १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सुरुमै कोषाध्यष कुमार रम्तेललाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामा पठाएको छ । उपाध्यक्ष कैलाशकुमार दर्लामी पनि सोमबार कारागार चलान भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • क्षत्री समाज नेपालमा जिम्मेवारी बाँडफाँड

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । क्षत्री समाज नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमिति सचिवालय बैठकले केन्द्रीय पदाधिकारीको जिम्मेवारी बाँडफाँड गरेको छ । प्रदेशस्तरबाट…
  • राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको ५ किमी छात्रछात्रा सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर…
  • राष्ट्रिय माविको छात्र/छात्रा सडक दौडमा ४४ विद्यालय सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हीरक महोत्सव अवसरमा राष्ट्रिय माविले शनिबार जिल्लास्तरीय ५ किमी छात्र/छात्रा सडक दौड प्रतियोगिता आयोजना गर्दैछ । शनिबार बिहान…
  • अर्जुन र सुस्मिता बने वर्ष खेलाडी

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ सुस्मिता थापामगर र पुरुषतर्फ अर्जुन कुमालले हात पारेका छन् ।…

hero news full width