कोल्मामा भएको क्रसकन्ट्री दौडको उपाधि आर्मीका तामाङ्लाई

आदर्श समाज सम्वाददाता
पौष ९, २०८०
Koma cross countrys

स्याङ्जा ।  सातसय कोल्मा बहाकोट सम्पर्कमञ्चद्वारा आयोजित चौथो संस्करणको क्रसकन्ट्री अन्तर्गत दौड प्रतियोगिताको उपाधि गोपाल तामाङले जितेका छन् । प्रतियोगितामा २५, १० र ५ किलोमिटरका छुट्टाछुट्टै ३ खेल भएका थिए ।पुतलीबजार नगरपालिका ९ कोल्मामा शनिबार सम्पन्न २५ किलोमिटर खुला दौड प्रतियोगितामा तामाङले १ घन्टा ३१ मिनेट ४१ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उपाधि जितेका हुन् । उनी त्रिभुवन आर्मी क्लबमा आवद्ध छन् ।

गोरखाका संजय श्रेष्ठले १ घन्टा ३३ मिनेट ४३ सेकेन्डमा पार गर्दै दोस्रो बने भने हुम्लाका सुशील जोशीले १ घन्टा ३४ मिनेट २ सेकेन्डमा दुरी पार गर्दै तृतीय बनेका छन् । उनीहरुले क्रमश ः ५० हजार, ४० हजार र ३० हजार पारे ।

२१ वर्षमुनि १० किमिमा सनम गुरुङ (तनहुँ) प्रथम भएका छन् । उनले ४१ मिनेट १६ सेकेन्डमा निर्धारित दुरी पार गरी उपाधि जिते । द्वितीय र तृतीय हुनेमा पोखराका तेन्जोन रोका र मनोज रोका छन् । उनीहरुले क्रमश ः ४२ मिनेट ४३ सेकेण्ड र ४२ मिनेट ५५ सेकेण्डमा दुरी पार गरेका हुन् ।

उपाधि विजेता, दित्तीय र तृतीय हुनेले नगद २० हजार, १५ हजार, १० हजारसहित कप, मेडल र ट्रफी पाएका छन् । यसैगरी, महिलातर्फको ५ किमीमा राममाया बुढा (जुम्ला) ले २१ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै पहिलो भएकी छन् ।

सुस्मिता चौधरी (दाङ) ले २३ मिनेट १६ सेकेण्ड र तृतीय नितु तामाङ (पोखरा) ले २५ मिनेट ३७ सेकेण्डमा निर्धारित दुरी पार गरेका हुन् । उपाधि विजेता बुढाले १५ हजार, चौधरीले १० हजार र तामाङले ५ हजार नगदसहित कप, ट्रफी, मेडल पाएका छन् । प्रतियोगितामा ११ वर्षीया एन्जिला जिटी देखि ५८ वर्षीय गोपाल नेपाली सहभागी थिए ।

विजेताहरुलाई गण्डकी प्रदेशका सामाजिक तथा खेलकुद मन्त्री सुशीला सिम्खडा, पूर्वमन्त्रीद्वय मेखलाल श्रेष्ठ र दीपक चर्तिमगर, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, पूवं सांसद मिनप्रसाद गुरुङ, कार्यक्रम संयोजक जीतबहादुर गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

दौड प्रतियोगितामा देशभरका ३२ महिलासहित १ सय ३४ जना धावक सहभागी थिए । कोल्माबाट सुरु भएको दौड काउले, डाडाँथर, राइपुर, नाम्चे, काल्खु, खुदी, हँुदै पुनः कोल्मा आएर टुंगिएको महासचिव जीवन पोखरेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा पौडी प्रतियोगिता

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । गण्डकी प्रदेश पौडी संघको आयोजनामा पोखरामा पहिलो पल्ट प्रथम पोखरा खुला पौडी प्रतियोगिता–२०८१ भएको छ । शनिबार फेवातालमा…
  • राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको ५ किमी छात्रछात्रा सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर…
  • राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको ५ किमी छात्रछात्रा सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर…
  • राष्ट्रिय माविको छात्र/छात्रा सडक दौडमा ४४ विद्यालय सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हीरक महोत्सव अवसरमा राष्ट्रिय माविले शनिबार जिल्लास्तरीय ५ किमी छात्र/छात्रा सडक दौड प्रतियोगिता आयोजना गर्दैछ । शनिबार बिहान…
  • महेन्द्रपुल यु–२३ बास्केटबल सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लब आयोजनामा पहिलो पटक यु–२३ खुला बास्केटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा…

hero news full width