केही समयदेखि नेपाली कांग्रेसले आफ्नो सांगठानिक सक्रियता देखाएको छ । तर जति सक्रियता देखाएको छ, उति पार्टीभित्र विवाद बढ्दैछ । ग्रुपिजमको रेखा गहिरोसँग कोरिँदैछ । संस्थापन पक्ष र इतर पक्ष भन्ने कुरा पार्टीमा साधारण भएको छ । विषयगत मामिलामा पक्ष र विपक्ष हुन, एक बाझिनु स्वाभाविक हुन्छ, त्यो हुनु पनि पर्दछ । प्रजातन्त्रका पर्यायवाची भएको पार्टीमा प्रस्ट, छलफल, विचार विमर्श हुनु पर्दछ तर स्थायी विभाजनले राम्रो परिणाम दिँदैन । तैपति ग्रुपिजम कांग्रेसको विरासतदेखि रही आएको छ । सुरुमा बिपी कोइराला र मातृकाप्रसाद कोइरालाको ग्रुप थियो भने त्यस्तो ग्रुप पछि पनि अस्तित्वमा रहिरहेको त्यसको इतिहासले देखाउँछ । ग्रुपजिमलाई राम्रो होइन भन्नेहरुले पनि जानी नजानी ग्रुपिजमलाई सघाइरहेका देखिन्छन् । जसले गर्दा सानो कुरा यति ठूलो विवादको रुपमा परिणत हुन्छ । यो भागवण्डाको राजनीतिले पनि त्यसलाई मलजल गरिरहेको छ ।
नेपाली कांग्रेस इतिहास बोकेको पार्टी हो । त्यसले अख्तियार गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तको अहिले पनि उत्तिकै मूल्य छ तर व्यवहारमा यो सिद्धान्त अपनाउनेहरुको संख्या भने घट्दो छ । नेताहरुले दूरदर्शी नेता बिपीको खुब गुणगान त गर्दछन्, तर उनले अपनाएको सिद्धान्त व्यवहारमा परिणत गरी देखाउँदैनन् । केहीले बिपीको विचारलाई अपव्याख्या गर्ने गरेको पनि सुनिन्छ । आफ्नो स्वार्थ अनुकूलको व्याख्याले स्थितिलाई जटिल बताउँछ । विश्वासको संकट निम्त्याउँछ । तिनीहरुले राम्रो गर्ने भनेर केही त गर्छन् तर विश्वासको संकटको कारणले अर्को पक्षले त्यसलाई स्वीकार्न हिचकिच्याउँछन् । जसको कारण अनावश्यक विवाद उत्पन्न हुन्छ ।
अहिले पार्टीमा अनुशासनको अभाव भएको नेताहरुले नै स्वीकार्ने गर्दछन् । अनुशासनको अभावमा मर्यादा भन्ने कुरा घट्दो छ । तल्लो संगठनहरुले माथिल्लो संगठनलाई औंला ठड्यार चुनौती दिन्छन्, धम्की दिन्छन् । जसले गर्दा संगठन राम्ररी जान सकेको छैन । तर त्यो जे भए पनि अहिले पार्टीले सक्रियता देखाएको छ । संगठनतिर ध्यान केन्द्रित गरेको छ । भागबण्डाको राजनीतिभन्दा सहमति र समझदारीको राजनीति गर्नेतिर नेताहरु ध्यान आकर्षित भएको देखिएको छ । यो राम्रो लक्षण हो । यस्तै गरेर नेतृत्वपंक्ति अग्रसर भए पार्टीको भविष्य सुनिश्चित देखिन्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१