ओमकारेश्वरमा बाला चतुर्दशी पर्व

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८०
gharmi

पोखरा । पोखराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल घार्मीमा बाला चतुर्दशी पर्व मनाइने भएको छ ।

ओमकारेश्वर महादेव मन्दिर परिसरमा यस वर्ष पनि मंसिर २५ मा बाला चतुर्दशी पर्व मनाउने र सद्वविज छर्ने तयारी अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । पर्वलाई लक्षित गरी मन्दिरमा रंगरोगन गर्ने तथा परिसर सरसफाइ गर्ने कार्य सम्पन्न गरिएको समिति कोषाध्यक्ष तेजेन्द्र पौडेलले बताए ।

स्थानीय राम्चे निवासी हिमलाल पौडेलको घरबाट विधिपूर्वक पूजाआजा गरी फूलको डोली निकालिने र उक्त डोली विभिन्न भागमा परिक्रमा गरेर मन्दिर परिसरमा पुर्‍याउने र दिनभर बाजागाजासहित भजनकीर्तन गर्ने तयारी भइरहेको बताइएको छ ।

घार्मीमा सद्विज छर्न त्यस क्षेत्रसहित आसपासका अर्मला, कुरेचौर, हरिपाउ, पुरूञ्चौर, हेमजा, लामाचौर, बाटुलेचौर लगायत क्षेत्रबाट श्रद्धालुहरू त्यहाँ पुग्ने गरेको स्थानीय नमराज पौडेलले बताए । पछिल्लो समय विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगले मन्दिरलाई व्यवस्थित बनाइएको र बिहानबेलुका नियमित रुपमा पूजाआजा गरिन्छ ।

पोखराको दृश्यसहित मनोरम अन्नपूर्ण हिमशृंखलाको दृष्य हेर्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । मन्दिर स्थापनादेखि नै बाला चतुर्दशी पर्व तथा शिवरात्री पर्व विशेषरूपमा मनाउने गरिएको छ । शुद्ध भई चोखोनितो गरी त्यस दिन सद्वविज छर्नाले पितृहरूको उद्धार हुने भनाइ रहेको पाइन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width