विन्ध्यश्वरी क्लबले फागुनमा रजत जयन्ती मनाउने

आदर्श समाज सम्वाददाता
कार्तिक ११, २०८०
club

पोखरा । श्री विन्ध्येश्वरी युवा क्लब पोखरा १९, तल्लाकोट ठाँटीले २६ आंै वार्षिक साधारण सभा कोटमौला मन्दिर परिसरमा सम्पन्न गरेको छ ।

क्लबका अध्यक्ष थमकुमार केसीको अध्यक्षतामा भएको कार्यक्रम पोखरा १९ का जनप्रतिनिधि तथा क्लबका पूर्व अध्यक्ष विकासकुमार आचार्यले उद्घाटन गरे । क्लबले २५ वर्ष पूरा गरेको सन्दर्भमा रजत जयन्ती मनाउन मूल आयोजक समिति गठन गरेको छ । थमकुमार केसीको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समितिसहित विभिन्न उपसमितिसमेत गठन गरिएको छ । क्लबले विगतका वर्षमा झैं यस वर्ष पनि महाशिवरात्रिको अवसरमा विभिन्न प्रतियोगिता गर्ने क्लबका अघ्यक्ष थमकुमार केसीले जानकारी दिए ।

क्लबले अन्तर क्लब भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, डोरी तान्ने, नृत्य प्रतियोगिता लगायत कार्यक्रमसहित फागुन २२ गतेदेखि २६ गते सम्म रजत जयन्ती कार्यक्रम गर्ने उपाध्यक्ष राम आचार्यले जानकारी दिए ।

क्लबले स्मारिका प्रकाशन उपसमिति संयोजकमा गोविन्दप्रसाद आचार्य, सम्पादन मण्डल उपसमिति संयोजकमा मीनराज ढुंगाना, खोज तथा अनुसन्धान उपसमिति संयोजकमा विकासकुमार आचार्य, आर्थिक संकलन उपसमिति संयोजक मानबहादुर केसी, विज्ञापन संकलन उपसमिति संयोजक भोजबहादुर केसी, खेल उपसमिति संयोजक नारायण केसी, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा राजु केसी भएका छन् ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष गोविन्द आचार्य, मीनराज, ढुंगाना, शिव केसी, होमनाथ बास्तोलाले शुभकामना मन्तव्य व्यक्त गरे । क्लबका उपाध्यक्ष राम आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दीपेन्द्र ढुंगानाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • पोखरामा १४ मजदुर सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले…
  • ‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वमा शान्ति छर्न ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको बताएका छन् । ब्रह्मकुमारी…
  • रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । रानाभाट तथा भाट जातिमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा…
  • मानव सेवा अश्रममा खाना खुवाइयो

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । रोटरी क्लब अफ नक्साल शक्तिको स्थापना दिवसका अवसरमा पोखराको हेमजामा रहेको मानव सेवा आश्रमा बिहानको खाना खुवाइएको छ…

hero news full width

trending post