रक्सी खाएर महिलामाथि दुर्व्यवहार गर्ने हुम्लाका प्रहरी प्रमुख भट्टराईको जिम्मेवारी खोसियो 

आदर्श समाज सम्वाददाता
कार्तिक ११, २०८०
dsp-bhimlal-bhattrai-1698471232

पोखरा ।  रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवं डिएसपी भीमलाल भट्टराईको जिम्मेवारी खोसिएको छ ।
डिएसपी भट्टराईले रक्सी खाएर महिलामाथि अभद्र व्यवहार गरेको उजुरी परेपछि गृह मन्त्रालयले जिम्मेवारीबाट हटाएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए।

प्रहरी मुख्यालय काठमाडौंले उनलाई जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय पठाएको छ।

डिएसपी भट्टराईलाई यसअघि २०७७ वैशाखमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत हुँदा कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो।

Related News

सम्बन्धित समाचार

  • ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । यौनिक तथा अल्पसंख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ । निलहिरा समाजले आयोजना गरेको पत्रकार…
  • एनप्याब्सनका १२ सय शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । नेसनल प्याब्सन कास्कीको आयोजनामा शिक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त तालिममा…
  • चिसाखोला वेद विद्याश्रमको रजत स्मारिका लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८, चिसाखोला आश्रम कास्कीको औपचारिक स्थापनाको २५ वर्ष पुगेको अवसरमा हालसम्म भएका गतिविधि समेटेर…
  • राजनीतिकर्मी शेरचनको निधन

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । नेपाली कांग्रेस मुस्ताङ जिल्ला कार्यसमितिका कोषाध्यक्ष गणेश शेरचन र क्षेत्रीय प्रतिनिधि दिनेश शेरचनलाई पितृशोक परेका छ । उनीहरुका…
  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…

hero news full width