कास्की दरवारमा घटस्थापना

आदर्श समाज सम्वाददाता
असाेज २८, २०८०
kakki darbar

पोखरा । कास्की दरवारमा रहेको गुप्तकालिका मन्दिरमा घटस्थापनाको साइत हेरेर मन्दिर प्रवेश गरिएको छ । परापूर्व कालदेखि दसैंमा पुजारी नवरात्र भर दरवारमा बस्ने गर्दछन् । विश्व शान्तिको कामना गर्दै आइतबार भारदारी चौतारामा जम्मा भइ मन्दिरमा घटस्थापना गरिएको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समिति सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए । कास्कीकोट दरबारमा रहेको गुप्तकालिका मन्दिरमा विश्व शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव समेत सुरु भएको छ । गुप्तकाली काश्यप धार्मिक क्षेत्रविकास समितिको आयोजनामा वडादसैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव हुनेछ ।

परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हुँदै आएको मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालिकाको पूजा गरिने धार्मीक क्षेत्रविकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीले बताए ।

नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कवच हुने धार्मिक क्षेत्रविकास समितिका सचिवठाकुर प्रसाद त्रिपाठीले बताए । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालिका मन्दिरमा परापूर्व कालदेखि पर्व विशेषमा विभिन्न गतिविधि सञ्चालन हँुदै आएको छ । यस वर्षको दसैंको १० दिनसम्म कोतघरमा पुजारीसहित विश्व शान्तिको कामना गर्दै विशेष पूजा सुरु भएको छ । फूलपातीमा पोखराको रामघाटबाट लगेको फूलको डोली विधिवत मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रिक पूजा गरिने त्रिपाठीले बताए । फूलपातीकै दिन कुँवर जातिको लोप उन्मुख सैन्य अभ्यास सरुन खेल समेत प्रर्दशन गरिने कार्यक्रम छ । अष्टमीको दिन मध्यरातमा कालरात्रिको पूजा र नवमीमा पञ्चवली दिने गरिन्छ । दशमीमा मन्दिरमा टीका ग्रहण गरी बास्पानीकालिकामा फूलपत्रसहित पूजा विर्सजन हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय…
  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…

hero news full width