नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष ऋषिकान्तलाई यातायात पुरस्कार

आदर्श समाज सम्वाददाता
असाेज १, २०८०
Rishikanta Photo 1

पोखरा । पत्रकार ऋषिकान्त पौडेललाई यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिने भएको छ । पोखरा यातायात प्रालिले प्रदान गर्ने उक्त पुरस्कारबाट पुरस्कार छनोट समितिको निर्णयबमोजिम कान्तिपुर टेलिभिजनका उपसम्पादक पौडेल सम्मानित हुन लागेका हुन् ।

पुरस्कार राशित २५ हजार रुपैयाँ साथमा सम्मानपत्र छ ।

नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्षसमेत रहेका पौडेल १७ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।

उनी जगन्नाथ सिग्देलको स्मृतिमा नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित हिमदुत पत्रकारिता पुरस्कारबाट पनि पुरस्कृत हुनुका साथै विभिन्न सामाजिक संघसंस्थाबाट समेत सम्मानित भइसकेका छन् ।

पोखरा यातायात प्रालिको साधारण सभा अवसरमा पुरस्कार प्रदान गरिने कम्पनीका प्रबन्ध निर्देशक अमृत तिमिल्सिनाले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार रामप्रसाद तिमिल्सिनालाई मातृशोक

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    लेखनाथ । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं प्रेस सेन्टरका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिनालाई मातृशोक परेको छ । पत्रकार तिमिल्सिनाकी…
  • विपद् व्यवस्थापनबारे अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा वडाका टोल विकास संस्था,…
  • राम्जा पोखरा समाजमा धनेश्वरी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । राम्जा पोखरा सम्पर्क समाजको अध्यक्षमा धनेश्वरी पराजुली निर्वाचित भएकी छन् । शनिबार पोखरामा भएको नवौं साधारण सभा तथा…
  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…

hero news full width