नेविसंघ कास्कीको रक्तदानमा ५२ युनिट रगत

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०८०
blood donation

पोखरा । नेपाल विद्यार्थी संघ कास्कीले ११० औं विपी जयन्तीको अवसरमा आयोजना गरेको रक्तदानमा ५२ युनिट रगत संकलन भएको छ । नेविसंघ कास्कीका अध्यक्ष राजीव भण्डारीको अध्यक्षतामा भएको रक्तदान नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री यज्ञबहादुर थापाले बिपीवादको सिद्धान्त सबै पार्टीले अवलम्बन गरेको बताए ।

कार्यक्रममा नेका क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने, नेपाली कांग्रेस कास्की जिल्ला उपसभापति रामबाबु भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, नेविसंघ केन्द्रीय सदस्य भुवन भट्ट, धर्मराज शाही, नसिब गुरुङ, निर्दाेष विक्रम पौडेललगायतले बोलेका थिए ।

नेविसंघ कास्कीका सभापति राजीव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भावना पौडेलले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार रामप्रसाद तिमिल्सिनालाई मातृशोक

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    लेखनाथ । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं प्रेस सेन्टरका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिनालाई मातृशोक परेको छ । पत्रकार तिमिल्सिनाकी…
  • विपद् व्यवस्थापनबारे अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा वडाका टोल विकास संस्था,…
  • राम्जा पोखरा समाजमा धनेश्वरी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । राम्जा पोखरा सम्पर्क समाजको अध्यक्षमा धनेश्वरी पराजुली निर्वाचित भएकी छन् । शनिबार पोखरामा भएको नवौं साधारण सभा तथा…
  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…

hero news full width