भजन चुड्कामा देवीस्थान भजन समूह प्रथम

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०८०
radhakrishna (3)

लेखनाथ । श्रीकृष्ण जन्माष्टमी अवसरमा राधाकृष्ण सांस्कृतिक समूहद्वारा आठौं श्रीकृष्णजन्माष्टमी महोत्सव एवं खुला भजन चुड्का तथा झाँकी प्रदर्शनीमा देवीस्थान भजन समूह हेमजा प्रथम भएको छ ।

पोखरा–३२, लामेआहलस्थित मन्दिर परिसरमा आयोजित प्रतियोगितामा मातृकेश्वर भजन समूह हेमजा द्वितीय भयो । धर्मोदय भजन समूह पाल्पा तृतीय र पञ्चासे भजन समूह ठुलाचौर पोखरा सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ४५ हजार, द्वितीयले ३५ हजार, तृतीयले २५ हजार र सान्त्वनाले १५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भए । प्रतियोगितामा २६ टिमले भाग लिएका थिए ।

राधाकृष्ण सांस्कृतिक समूह अध्यक्ष सञ्जयराज ढकालले कार्यक्रम अवसरमा नेवार, गुरुङ, मगर र गन्धर्व समुदायका कलाकारले जातजातिका संस्कृति झल्ने प्रस्तुति देखाएको बताए ।

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले कला संस्कृति जगेर्नाका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले धर्मकर्म संस्कृति हराइरहेका बेला समूहले मौलिकतायुक्त प्राचीन संस्कृतिको जगेर्ना गरेको आंैल्याउँदै लोकसंस्कृति, धर्म परम्परा जोगाउन हामी सबैको दायित्व भएको बताए ।

रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले धर्म संस्कृति हाम्रा सम्पत्ति भएको संरक्षणमा जोड दिइन् ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, वडा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, वडा ३२ का वडा सदस्य तीर्थबहादुर सुयाल, राधाकृष्ण मन्दिरका अध्यक्ष गणेश खत्री लगायतले धर्म र संस्कृतिका बारेमा बोलेका थिए ।

सहभागी प्रत्येक समूहलाई यातायात खर्चस्वरुप ५/५ हजार रुपैयाँ उपलब्ध गराइएको समूहका सचिव पुष्पराज शर्मा पौडेलले बताए । निर्णायक संयोजकमा भुलाप्रसाद भण्डारीको टिम थियो । कार्यक्रम सञ्चालन संस्थाका सहसचिव भरत थापा र सदस्य विनोद भण्डारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width