पोखरा । नेकपा एमाले लुम्बिनी प्रदेशमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी हरिप्रसाद रिजाल (प्यूठान) लाई मात्र २ मत अन्तरले पछि पार्दै कँडेल निर्वाचित भएका हुन् ।
अन्तिम मतगणनामा कँडेलले ४ सय ७९ मत ल्याएका छन् भने रिजालले ४ सय ७७ मत प्राप्त गरेका हुन् । अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।
सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि उनीहरु प्यानलसहित चुनावमा प्रतिस्पर्धा गरेका थिए । पदाधिकारीमा एक उपसचिवबाहेक सबै विष्णु पौडेल पक्षका कंडेल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् ।
उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ (रुपन्देही) निर्वाचित भए । सचिवमा लक्ष्मण आचार्य निर्विरोध भएका हुन् । उपसचिव (पुरुषमा रोल्पाका पुर्ण बुढामगर र महिलातर्फ बर्दियाकी लीला राना मगर निर्वाचित भइन् । लेखा आयोग अध्यक्षमा दामोदर घिमिरे चुनिए ।
एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो ।
मुलुक संघीयतामा गएको ८ वर्षपछि निर्वाचन प्रक्रियामार्फत एमाले लुम्बिनीमा प्रतिनिधि निर्वाचित भएका हुन् ।
Related News
सम्बन्धित समाचार
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
वैशाख २८, २०८१दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
वैशाख २८, २०८१साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
वैशाख २८, २०८१मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
वैशाख २८, २०८१सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
वैशाख २७, २०८१