लेखनाथ ।
डायमन्ड माविले स्मार्ट प्रविधिमार्फत कक्षा सञ्चालन सुरु गरेको छ । गुरुपूर्णिमादेखि विद्यालयमा आइएनजी स्किल एकेडेमीसँगको सहकार्यमा कक्षा ११ र १२ का विद्यार्थीलाई स्ट्डी स्मार्ट विथ माई सेकेन्ड टिचर कार्यक्रमको शुभारम्भ भएको हो ।
कम्प्युटर, आइप्याड, आइफोन, ल्यापटप प्रयोग गरेर विद्यार्थी, शिक्षक र अभिभावकका लागि तयार गरिएको स्मार्ट एप्लिकेसनमा आफ्नो युजर आइडीमार्फत पाठ्यसामग्री, अध्ययन गर्न, हेर्न र प्रश्नको हल समेत गर्न सक्नेछन् । आइएनजी स्किल एकेडेमीको सहकार्यमा स्मार्ट प्रविधिसँग दोस्रो शिक्षक सिकाइरुपमा अगाडि बढाइने विद्यालयले जनाएको छ ।
सेवा शुभारम्भ गर्दै पोखरा विश्वविद्यालयका पूर्व डिन प्राडा इन्द्रप्रसाद तिवारीले स्मार्ट प्रविधिको शिक्षण विधि प्रविधिको पनि विशिष्टीकृत रुप भएको बताए । उनले कम्प्यूटर र विज्ञानको युगमा लिखित पाठ्यक्रम भन्दा प्रविधिको माध्यमलाई जोड्नु सकरात्मक भएको उल्लेख गरे ।
कार्यक्रममा लक्ष्मी आदर्श मावि पूर्वप्रधानाध्यापक तुलसीराम लामिछाने, लक्ष्मी माविका प्रअ जगन्नाथ अधिकारीले नीति, विधि र प्रविधिमा आधारित भएर अध्यापन गर्नु पर्नेमा जोड दिए ।
विद्यालयका संस्थापक प्राचार्य यमबहादुर रोकाले पछिल्लो पुस्ता प्रविधि अभ्यस्त हुँदै गएकाले स्मार्ट शिक्षण सिकाईको माध्यमलाई विद्यालयले प्रयोगमा ल्याएको उल्लेख गरे ।
स्मार्ट प्रविधिलाई मेरो सेकेण्ड टिचरका रुपमा विकास गर्दै, श्रव्यदृश्य संवाद, अन्तरक्रिया, प्रश्नोत्तर एवं अभ्यासले विद्यार्थीहरुमा सिर्जनशीलताको प्रयोग हुनेमा विश्वस्त रहेको रोकाले उल्लेख गरे ।
विद्यालयका निर्देशक माधवशरण उपाध्यायले डायमन्डबाट दीक्षित विद्यार्थी संसारका विभिन्न राष्ट्रमा अध्ययन अनुसन्धान र पेशामा संलग्न रहेको उल्लेख गर्दै आगामी पुस्ता अझ सशक्त भएर निस्कने बताए ।
सोही अवसरमा शिक्षाविद् प्राडा इन्द्रप्रसाद तिवारी र तुलसीराम लामिछानेलाई सम्मान समेत गरिएको थियो । विद्यालय निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा स्किल एकेडेमीका निखिल श्रेष्ठ, दिक्षा खनाल लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन विद्यालयका निर्देशक हरिप्रसाद लामिछानेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विद्युतीय सवारीसाधनमा आकर्षण
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
hero news full width
मुख्य समाचार
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१