म्याग्दी । प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा करिब साढे ६ लाख रुपैयाँ भेटी संकलन भएको छ । बेनीस्थित गलेश्वरमा १ महिनामा ६ लाख ४४ हजार रुपैयाँ भेटी संकलन भएको हो । गलेश्वर शिवालयको दर्शन र पूजाआजा गर्न आएका भक्तजनबाट सो रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए ।
वैशाख २० देखि भक्तजनले चढाएको भेटीलाई सोमबार कोषका समिति, कर्मचारी, गलेश्वर बजारवासी, आमासमूह सशस्त्र प्रहरीको उपस्थितमा गनिएको कोषले जनाएको छ ।
भक्तजनले गलेश्वरधामको मूल मन्दिर, शिव, गणेश, लक्ष्मीनारायण मन्दिर, जलकुण्ड, होमनकुण्ड, हनुमानको मूर्तिलगायत विभिन्न स्थानमा धार्मिक भक्तजनले दर्शन गर्दा चढाएको भेटी हिसाब गरिएको हो । मन्दिरमा दर्शन गर्न आउने भक्तजनले चढाएको भेटीमार्फत् मन्दिरको कोषमा हालसम्म ३ करोड ९५ लाख रुपैयाँ संकलन भएको सदस्य सचिव खत्रीले जानकारी दिए ।
उनले भारतीय धार्मिक पर्यटकमार्फत् मन्दिरमा चढाएको भेटी १ महिनामा ३० हजार आइसी संकलन भएको बताए । बेनी नगरपालिका–६, ठूलो पहिरोस्थित पवित्र कालीगण्डकीको शिला गत वर्षको माघ १२ गते गलेश्वर मन्दिरबाट पूजाआजा गरेर लगेपछि दर्शन गर्ने भारतीय धार्मिक पर्यटक संख्यामा वृद्धि आएको छ । शिला हस्तान्तरणले गलेश्वर मन्दिरको महŒव थप बलियो बनाउँदै धार्मिक पर्यटन वृद्धिमा सहयोग पुगेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१