पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेट एसोसिएसन (एगा) पोखराको टोली हिमाल पारीको जिल्ला मुस्ताङसम्म व्यवसाय एवम् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा एगाका सदस्य एवम् पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि र सञ्चारकर्मी सहितको ४५ सदस्यीय टोली प्रवद्र्धनात्मक भ्रमणका लागि त्यसतर्फ लागेको हो ।
एगाका अध्यक्ष इन्द्रप्रसाद भण्डारीको नेतृत्वको टोलीमा पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेल, पर्यटन तथा सामाजिक अभियान्ता कृष्ण केसी लगायतको सहभागिता छ ।
टोलीले पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरुको अध्ययन, अवलोकनका साथै व्यवसायी र जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । विशेषतः इम्ब्रोइडरी र गार्मेन्ट्ससँग सम्बन्धित उद्योग र उत्पादनमूलक सामाग्रीको अध्ययन अवलोकन गर्ने भ्रमणको उद्देश्य रहेको उहाँले बताउनुभयो ।
भ्रमण टोली हिमाल पारीको जिल्ला मुस्ताङस्थित नेपाल र चीनबीचको कोरला नाकासम्म पुग्ने एगाका उपाध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो । भ्रमणका क्रममा स्थानीयस्तरमा उत्पादित अल्लो लगायतका सामाग्रीका बारेमा जानकारी लिनुका साथै बजारीकरणका सम्बन्धमा छलफल गरिने उहाँले बताउनुभयो ।
भ्रमण टोलीलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रवन्धक नवीन पोखरेल, एगाका पूर्व अध्यक्षद्वय चीरञ्जीवि पोखरेल र कृष्णकुमार श्रेष्ठ लगायतले बिदाई गर्नुभएको थियो ।
उक्त अवसरमा पर्यटन बोर्डका प्रबन्धक पोखरेलले स्थानीयस्तरमा उत्पादित सामाग्रीको प्रवद्र्धन र बजारीकरणका लागि भ्रमण महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
एगाका पूर्व अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटन प्रवद्र्धनमा एगाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै यसले व्यवसाय प्रवद्र्धनमा पनि सघाउने उल्लेख गर्नुभयो । प्रवद्र्धन टोली शुक्रबार पोखरा फर्कने उपाध्यक्ष लम्सालले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
बाराही जंगल लजले गर्यो निकुञ्ज क्षेत्रमा सरसफाई, ३ ट्याक्टर फोहर संकलन
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१