लुम्बिनी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताउनुभएको छ । उहाँले नेतृत्वका गलत निर्णयविरुद्ध आवाज उठाउन सक्नुपर्नेसमेत बताउनुभएको छ ।
दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि आजदेखि आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले गाली गरेर कांग्रेस अग्लो नहुने तर नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी नबन्ने बताउनुभयो । “अब पनि प्रश्न गर्न सकेनौँ भने गल्ती भएको बेलामा गल्ती भयो भनेर बोल्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “पार्टीको अहित हुने निर्णय भयो भने रोक्न सक्नुपर्छ, पार्टीलाई ठीक ठाउँमा उभ्याउन सक्नुपर्छ ।”
महामन्त्री थापाले गल्ती भएको बेलामा गल्ती भयो भन्न सके र त्यसलाई सच्याउन सके पार्टीलाई ठीक ठाउँमा उभ्याउन सकिने बताउनुभयो । पार्टीभित्र परम्परागत सोच र चिन्तन हावी भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हिजोकै चालढालबाट, हिजोकै चरित्रबाट अब पार्टी चल्छ भन्ने ठान्यौँ भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।”
नेपाली कांग्रेसलाई बदल्नै पर्ने र कांग्रेसलाई बदल्न सबै बदलिनुपर्ने उहाँले बताउनुभयो । “पार्टीभित्र माथिदेखि तलसम्म भएका सबै गुट भत्काऔँ”, उहाँले भन्नुभयो, “पार्टीले दिने टिकटको निर्णय तल्लो तहबाटै निर्णय गरौँ, यही हो बदलिने भनेको ।”
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले मुलुक आर्थिकरूपमा सङ्कटको अवस्थामा पुगेको उल्लेख गर्दै साधारण खर्च बढ्ने तर पूँजीगत खर्च घट्ने अवस्थाले मुलुकलाई अहित गर्ने बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्ती
स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१