पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ ।
पर्यटक यातायात सेवालाई गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यका साथ संघसँग आवद्ध १२० जना चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको संघका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए ।
संघसँग पर्यटक स्तरीय लगभग ४०० को संख्यामा पर्यटक सवारीसाधन रहेको बताउँदै उनले वार्षिक कार्ययोजना अनुरुप नै प्रशिक्षण दिइएको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकको आतिथ्यतामा चालक तथा सहचालकको भूमिका महत्वपूर्ण हुने बताए । चालक तथा सहचालकले गर्ने व्यवहारले पर्यटकमा महत्वपूर्ण प्रभाव पार्ने बताउँदै उनले सभ्य तथा शिष्ट व्यवहार गर्नुपर्नेमा जोड दिए ।
आतिथ्यता व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) बारे प्रशिक्षण दिँदै संघका पूर्व अध्यक्ष एवं सल्लाहकार बोबरजंग गुरुङले हामीले बोल्ने बोली र गर्ने व्यवहारले सभ्यताको संकेत गर्ने बताए ।
संघका अध्यक्ष पाण्डेको सभापतित्व एवम् प्रथम उपाध्यक्ष दुर्गादत्त दहालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव विकासप्रसाद कँडेलले गरेका थिए ।
कार्यक्रममा अग्नी ग्रुपका प्रमुख रामेश्वर महर्जजन, बजार प्रमुख राजेश रानाभाट, बतास बर्दश (युडिआर) प्रमुख विनोद पोते, प्रहरी बरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले प्रशिक्षण दिएका थिए ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
सिग्देल बन्धु प्रतिष्ठानको केन्द्रीय महाधिवेशन नवलपुरमा
प्रजातन्त्र सेनानी सुवेदीको निधन
एक्यापको सार्दीखोला कार्यालयको ताला खुल्यो
hero news full width
मुख्य समाचार
कक्षा १२ को परीक्षा आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१