पोखरा । पोखरा ९ वडा कार्यालयले शनिबार पोखरामा सार्वजनिक सुनुवाइ गरेको छ । वडावासीले सोधेका प्रश्नका जवाफ दिँदै वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क बनाउने, सेती नदीलाई राम ताल नभई स्वर्गद्वार बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले पोखरा ९ लाई सबल र सक्षम बनाउने अभियानमा आफू दिनरात लागेको बताए । निर्वाचित जनप्रतिनिधिहरूको १ वर्षको कार्यकाल पूरा भएको छेको पारेर सफल र सार्थक कामहरूको जानकारीका लागि सुनुवाई आयोजना गरिएको थियो ।
स्थानीय तहको निर्वाचनपश्चात् जेठ १२ गते सपथ ग्रहणपछि वडाध्यक्ष मर्सानीले ९ बुँदे प्रतिबद्धता व्यक्त गरेका थिए । वडा कार्यालयबाट सम्पन्न गरिएका कार्यक्रम र गतिविधिबारे वडाध्यक्ष दीपेन्द्र मर्सानी र सचिव कुलराज पौडेलले प्रस्तुतीकरण गरेका थिए ।
महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क तथा स्मार्ट शौचालय, पृथ्वीचोकमा बसपार्क, पोखरा घर निर्माण र नयाँबजारमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका लािग बोलपत्र र साझेदारी प्रक्रियामार्फत् सञ्चालित योजना हुन् । क्षेत्रीय हुलाक कार्यालय र नेपाल टेलिकमले अतिक्रमण गरेको जमिन पर्खाल सारेर असारसम्म सार्वजनिक प्रयोगमा ल्याउने जनाइएको छ । ६९ वटा आयोजना सञ्चालित वडामा ६ करोड, १६ लाख ९६ हजार बजेट प्राप्त भएको छ भने २ करोड ४७ साल ८६ हजार राजस्व संकलन गरिसकेको छ ।
वडाका पूर्वाधार विकास, सार्वजजनिक जमिन, स्वास्थ्य, शिक्षा, तालिम, रोजगार उद्यमशीलतालगायत विषयमा आफ्ना धारणा, सुझाव गुनासा र प्रश्न राखेका थिए । वडा अध्यक्ष दीपेन्द्र मर्सानी, सदस्यहरू नन्दराम गिरी, भावना श्रेष्ठ, गीता चर्माकार, लक्ष्मी पहारी र वडा सचिव कुलराज पौडेलले जवाफ दिएका थिए ।
नेपाली कांग्रेसका वडा सभापति शिवराज बास्तोला, नेकपा एमालेका प्रेम गुरुङ, नेकपा माओवादी केन्द्रका बमबहादुर कार्कीले ९ नं. वडाले तय गरेको योजना र कार्यान्वयन प्रशंसनीय रहेको बताए । वडा अध्यक्ष दीपेन्द्र मर्सानीको अध्यक्षतामा भएको सुनुवाइ कार्यक्रममा सदस्य नन्दराम गिरीले स्वागत र सञ्चालन वडा सचिव कुलराज पौडेलले गरेका थिए । सार्वजनिक सुनुवाइलाई सञ्चारकर्मी सुरेश रानाभाटले सहजीकरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१