ठेलोमा पर्वतको वर्चश्व

आदर्श समाज सम्वाददाता
जेठ २१, २०८०
Thelo

पोखरा । गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो प्रतियोगितामा पर्वतले उपाधिमा कब्जा जमाएको छ । पहिलो, दोस्रो र तेस्रो तिनै स्थानमा पर्वत विजयी भयो ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार म्याग्दी सदरमुकाम बेनीमा भएको प्रतियोगितामा पर्वतका किरण विकले १४.०१ मिटरको दुरी ठेलो फाल्दै प्रथम भए । राजेन्द्र हमालले १३.९७ मिटरको दुरी फाल्दै दोस्रो र निशान बोहराले १२.८२ मिटर फाल्दै तेस्रो भए । उनीहरुले क्रमश: २५, १५ र १० हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिए । प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका गरी १२ खेलाडीले भाग लिएका थिए । लमजुङ र कास्कीका खेलाडी अन्तिम समयमा अनुपस्थित भए ।

विजयी खेलाडीलाई बेनी नगरपालिकाका प्रमुख सुरज केसी, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य चन्द्रा घले गुरुङ, जिल्ला खेलकुद विकास समिति म्याग्दी अध्यक्ष दिनेश केसी लगायतले पुरस्कार वितरण गरे । ठेलो प्रतियोगिता गण्डकी प्रदेशमा परम्पराको रुपमा खेलिँदै आएकोमा सोको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारका लागि आयोजना गरिएको परिषदका संयोजक शेरचनले बताए ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width