लेखनाथ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना एवं शिशुवा नेवा खल: को सहकार्यमा पोखरा–३० शिशुवामा सञ्चालित धिमे बाजा बाजा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको समापन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव हेमराज सुवेदीले कला संस्कृतिको जर्गेना गरी भावी पुस्तामा हस्तान्तरण गर्न आवश्यकता रहेको औंल्याउँदै तालिममा सिकेका सिपलाईै व्यवहारमा उतार्न आग्रह गरे ।
यस्तै नेवा खल: कास्कीका अध्यक्ष अशोक पालिखेले सिकेको सिपलाई निरन्तरता दिंदै संस्कार र संस्कृतिको संरक्षणमा लाग्न सुझाव दिए ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, वडा नं. ३० का सदस्य विनोदकुमार लामिछाने, लेखनाथ नेवा खल: का निवर्तमान अध्यक्ष प्रेम लिगल, नेवा मिसा पुचकी अध्यक्ष संगिता वज्राचार्य, लेखनाथ नेवा खलका द्वितीय उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, प्रशिक्षार्थीको तर्फबाट पोखरा–३० की स्नेहा श्रेष्ठ लगायतले बोलेका थिए ।
१ महिनासम्म सञ्चालित तालिममा ५० जनाको सहभागीता रहेको थियो भने नेवा ल्याह्म पुच कास्कीका अध्यक्ष मधुसुदन जोशीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
संस्थाका अध्यक्ष अर्जुनकुमार ताम्राकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भैरवलाल श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१