पोखरा । यस वर्षको गण्डकी वाङ्मय पुरस्कारबाट साहित्यकार नारायण परिश्रमी सम्मानित भएका छन् । ९४ औं गोकुल जयन्ती अवसरमा पोखरामा सोमबार आयोजित समारोहमा गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट लगायतले परिश्रमीलाई नगद २० हजासहित सम्मानपत्र प्रदान गरे ।
३ दशकभन्दा बढी समयदेखि साहित्य साधना गर्दै आएका परिश्रमीको जन्म लमजुङमा २०१० कात्तिकमा भएको हो । उनका तीजको कोसेली, परिश्रमीका केही गीतहरु, खोरिया, हुस्सू दलवीरे, जीवनयात्रा, अधुरो गाथा, रुञ्चे हाँसो, परिश्रमीका बाह्र रचना, पाखण्डको पर्दाफास, आफ्नो सेरोफेरो: आफ्नै परिवेश, शृंखला, मान्छे लगायतका कृति प्रकाशित छन् । प्रगतिशील लेखक संघ नेपाल, जनसाहित्यिक मञ्च नेपाल, साहित्य शृंखला पोखरा, जनचेतना पुस्तकालय रम्घा, लमजुङ आदि संघ, संस्थामा आबद्ध परिश्रमी पोखरेली साहित्यिक गतिविधिमा पनि उत्तिकै सक्रिय छन् ।
साहित्यकार नुमराज बरालले गोकुल जोशीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे । उनले जोशीले जनताका वास्तविक समस्यालाई सिर्जनाको माध्यमबाट अभिव्यक्त गरेको जनाए । पुरस्कृत परिश्रमीले जनस्तरबाट दिइने यस खालको पुरस्कारले सर्जकलाई नयाँ ऊर्जा र चुनौती दुवै थप्ने उल्लेख गरे ।
वामबुद्धिजीवी रामराज रेग्मी सर्जकले अरुलाई दोष लगाउनुभन्दा आफैैंबाट परिवर्तनको सुरुआत गर्नुपर्ने बताए । संगमका अध्यक्ष भीम रानाभाटले संस्थाले १२ लाखको अक्षयकोषबाट २ पुरस्कार र अन्य गतिविधि सञ्चालन गरिरहेको जनाए । उनले भने, ‘अब जनस्तरबाटै अक्षयकोष २० लाख बनाउने योजना छ । सबै प्रगतिशील सर्जक र साहित्यप्रेमीको सहयोगको अपेक्षा गरेका छौं ।’ वामबुद्धिजीवी झलकपाणि तिवारीले संस्थाको अक्षयकोषमा १ लाख प्रदान गर्ने घोषणा गर्दै तत्काल ५० हजार हस्तान्तरण गरे ।
कार्यक्रममा संस्थाले प्रकाशन गरेको साहित्यिक पत्रिका गण्डकी संगमको १९ औं अंकको चर्चासमेत गरिएको छ । समीक्षक यादवराज उपाध्यायले साहित्यकार कुलप्रसाद खनाल केन्द्रित नयाँ अंक प्रगतिशील रचनाको एउटा राम्रो संग्रह भएको टिप्पणी गरे ।
कार्यक्रममा प्रतिभा छनोट समिति संयोजक विजया सुवेदी, संस्थाका सल्लाहकार रघुनाथ अधिकारी, प्राडा भवानीप्रसाद पाण्डे भास्कर, साहित्यकार कुलप्रसाद खनालकी छोरी सुमन, सचिव नारायण मरासिनी, उपाध्यक्ष पद्यराज ढकाल, संस्थाका अक्षयकोषदाता पीताम्बर नेपाली, वाम बुद्धिजीवी शेषमणि आचार्य लगायतले बोलेका थिए । समारोहमा संगम सांस्कृतिक मञ्चको टिमले सांस्कृतिक प्रस्तुति राखेको थियो ।
संस्थाका उपाध्यक्ष पद्मराज ढकालले स्वागत मन्तव्य र नारायण मरासिनीले सञ्चालन गरेका थिए ।
संगमले समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशील तथा देशभक्त साहित्यिक धारामा साधना गर्ने स्रष्टालाई २०५२ देखि राष्ट्रिय तहमा गोकुल वाङ्मय पुरस्कार र क्षेत्रीय तहमा गण्डकी वाङ्मय पुरस्कार प्रदान गर्दै आएको छ । गोकुल वाङ्मय पुरस्कारको राशि ४० हजार र गण्डकी वाङ्मय पुरस्कारको राशि २० हजार छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१