पोखरा । लेखनाथ कविता प्रतियोगितामा दैलेखका दीपिन सिजापति प्रथम भएका छन् । यस्तै, रुपन्देहीका गोपालप्रसाद आचार्य द्वितीय, कपिलवस्तुकी जोशिका कँडेल ‘निशा’ तृतीय तथा नुवाकोटकी एलिका एकलासले सान्त्वना पुरस्कार प्राप्त गरे ।
प्रतियोगातामा देशभरबाट प्राप्त २ सय ४० रचनामध्ये १७ छनोटमा परेका थिए । तीमध्ये १५ जनाले रचनावाचन गरेका थिए ।
नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कविशिरोमणि लेखनाथ पौडेलको सम्मानमा आयोजित राष्ट्रियस्तरको प्रतियोगिताको विशेष महत्व रहेको उल्लेख गरे । उनले प्रतियोगीहरुलाई निरन्तर साहित्य साधनामा लागेर आपूmलाई चिन्तनशील बनाइराख्न आग्रह गरे ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’ ले कविशिरोमणि लेखनाथ बाहिर पनि उत्तिकै सम्मानित साहित्यकार भएको बताए ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले यो कार्यक्रम पोखरा महानगरपालिका र लेखनाथ साहित्य प्रतिष्ठानको आयोजना तथा पोखरा प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र कविशिरोमणि जन्मस्थल विकास समितिको सहकार्यमा भएको बताए ।
लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रघर आत्रेयले प्रतियोगिताले स्रष्टालाई अझ बढी सिर्जनशील बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, कास्की जिल्ला समन्वय अधिकारी नवराज बराल, कविशिरोमणि जन्मस्थल विकास समिति कावा अध्यक्ष गोपीराज पौडेलले मन्तव्य राखेका थिए ।
लेखनाथ साहित्य प्रतिष्ठान उपाध्यक्ष छवि सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा–२७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङले स्वागत तथा प्रतिष्ठान सचिव कृष्णप्रसाद पौडेलले सञ्चालन गरेका थिए । सोही कार्यक्रमबीच डा.लक्ष्मीशरण अधिकारीले नेपाली आधुनिकता र लेखनाथ विषयमा कार्यपत्र प्रस्तुत गरे । प्रतियोगितामा डा.जगन्नाथ रेग्मी निर्णायक समिति संयोजक थिए । सदस्यमा डा. आनन्दमणि रिजाल र प्राज्ञ नारायण मरासिनी थिए ।
सो अवसरमा अप्रतियोगी कविहरु शिव त्रिपाठी, ऋषिकेश बराल, सोमनाथ देवकोटा, कृष्णमणि लामिछाने, हरिराज पौडेल, माधव देवकोटाले रचनावाचन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१