बुद्ध जयन्तीमा धर्मदेशना

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०८०
dharmadeshana

पोखरा । २५६७ औं बुद्ध जयन्तीको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीको आयोजना, बुद्ध जयन्ती समारोह समिति कास्कीको संयोजन र तामाङ बौद्ध सेवा समिति संगमटोलको व्यवस्थापनमा धर्मदेशना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष दीपक तामाङले छयोमेमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको विधिवत उद्घाटन गरेका थिए । प्रमुख अतिथि तामाङले बौद्ध दर्शन अहिंसा र शान्ति कल्याणकारी र जीवनोपयोगी वैज्ञानिक विचार भएकोले २५ सय वर्ष पछाडि पनि यसको सान्दर्भिकता अझ बलियो भएको विचार राखे । कार्यक्रममा धर्मगुरु खेन्पो सन्तोष लामा गुरुङले बौद्ध धर्म र ४ आर्य सत्यको विषयमा प्रकाश पारेका थिए ।

भक्त तामाङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव मिनमाया तामाङ र बुद्ध जयन्ती समारोह कास्कीका अध्यक्ष क्याप्टेन चन्द्रप्रकाश गुरुङले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width