जगदगुरु पोखरामा

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८०
jagat guru A

पोखरा । जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजबाट सप्ताहव्यापी सत्संग कार्यक्रम शनिबार उद्घाटन भयो ।

कार्यक्रममा आशीर्वचन प्रदान गर्दै उनले मित्र र शत्रुप्रति समान दृष्टि राख्ने अहंकार नभएको, दुख सहन सक्ने धर्मभिरु मानिस भगवान्का प्रिय हुने बताए ।
उनले सर्व शक्तिवान् स्वाभाविक गुण भएका भगवान्को आन्तरिक शक्तिको स्रोत राधा भएको उल्लेख गर्दै जगत् जननी सीता पनि राधाकै रुप भएको उल्लेख गरे । साथै वेदले श्रीकृष्णलाई नै सर्वोकृष्ट ईश्वर मानेको उनले जनाए ।

गोपाल सेवा केन्द्र पोखराका अध्यक्ष धर्मराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपाध्यक्ष लक्ष्मीशरण पराजुलीले गरेका थिए ।
पोखरा–१८ लक्ष्मीधारास्थित गोपाल सेवा केन्द्र (गोपाल धाम), जगद्गुरु आश्रममा आयोजित सत्संग कार्यक्रम वैशाख २२ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width