राष्ट्रपति रनिङ सिल्ड : ३२ पदकसहित कास्की च्याम्पियन

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०८०
Rastrapati runnung Shield Final~main

पोखरा । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ सिल्डमा कास्की जिल्ला च्याम्पियन बनेको छ । १४ स्वर्ण, १३ रजत र ५ कास्यसहित कुल ३२ पदक जित्दै कास्की च्याम्पियन बनेको हो । उसले ३० हजार पुरस्कार हात पारेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा २ दिनसम्म चलेको प्रतियोगितामा साविक विजेता बागलुङ दोस्रो भयो ।

बागलुङ १० स्वर्ण, ५ रजत र १० कास्य पदक गरी कुल २५ पदकका साथ दोस्रो स्थान प्राप्त गरेको हो भने नवलपुर ७ स्वर्ण, ३ रजत र ८ कास्य गरी कुल १८ पदक जित्दै तेस्रो स्थान हात पारेको छ ।
बागलुङले नगद २० हजार र नवलपुरले नगद १० हजार प्राप्त गरेका छन् ।

मंगलबार नै सम्पन्न छात्र भलिबल फाइनलमा नवलपुर विजयी भएको छ । नवलपुरले २८–२६, २५–२० ले बागलुङलाई पराजित गरेको हो भने पर्वतले गोरखालाई २५–२०, २५–१८ ले जित्दै तेस्रो भएको छ । छात्रा भलिबलमा कास्कीले बाजी मारेको छ । कास्कीले स्याङ्जालाई २५–१८, २५–२१ ले फाइनल खेल जित्दा म्याग्दीले तनहुँलाई २५–२०, १९–२५ र २५–१९ ले जितेर तेस्रो भएको छ ।

सम्पन्न एथलेटिक्सतर्फ कास्कीले ६ स्वर्ण ८ रजत पदक जित्दै प्रथम भएको छ भने नवलपुर ५ स्वर्ण, १ रजत र ५ कास्य पदक जितेर दोेस्रो र स्याङ्जाले ४ स्वर्ण र १ कास्यका साथ तेस्रो भएको छ ।

कबड्डी छात्रतर्फ कास्की प्रथम भएको छ । कास्कीले म्याग्दीलाई ४३ का विरुद्ध ४५ अंकले पराजित गर्दै पहिलो भएको हो भने बागलुङ र गोरखा तेस्रो भयो । छात्रा कबड्डीतर्फ बागलुङले तनहुँलाई ६६ का विरुद्ध २० अंकले पराजित गर्दै पहिलो हुँदा नवलपुर र स्याङ्जा तेस्रो भएका छन् ।

मार्सल आर्ट उसुतर्फ समग्रमा बागलुङले ४ स्वर्ण २ रजतका साथ पहिलो, कास्की २ स्वर्ण र २ रजत र २ कास्य पदकका साथ दोस्रो म्याग्दी २ रजत र ५ कास्य पदकका साथ तेस्रो हुँदा तेक्वान्दोतर्फ म्याग्दीले २ स्वर्ण १ रजत, कास्कीले २ स्वर्ण, २ रजत र १ कास्य तथा नवलपुर १ स्वर्ण २ रजत १ कास्य पदकका साथ क्रमश पहिलो, दोस्रो र तेस्रो भए । करातेतर्फ म्याग्दी प्रथम भएको छ ।

प्रतियोगितामा कुल ६ वटा खेलहरु भएका थिए । जसमध्ये मार्सल आर्टतर्फ छात्र÷छात्रा तेक्वान्दो, कराते र उशु तथा टिम इभेन्ट तर्फ एथलेटिक्स, कबड्डी र भलिबल भए ।

विजेतालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव हेमराज सुवेदी, प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ, परिषदका कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ र ऋषिराम गौतम, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव घनश्याम पौडेल लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । छनोट खेलाडी १५ वैशाखदेखि काठमाडौंमा सुरु १३ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्डमा सहभागिता जनाउने छन् ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width