अन्तर वडास्तरीय टेबल टेनिस सुरू

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०८०
table tennis 1

पोखरा । पोखरा रंगशालामा महानगरपालिका अन्तर वडास्तरीय दोस्रो संस्करणको टेबल टेनिस प्रतियोगिता सुरू भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा आइतबारदेखि प्रतियोगिता सुरू भएको हो ।

प्रतियोगितामा ३७ पुरूष र १२ महिला गरेर १७ वटा वडाका ४९ जना खेलाडी सहभागी छन् । प्रतियोगिता पुरूष र महिला सिंगल र डबल्स गरेर ४ वटा विधामा भइरहेको छ । प्रतियोगिताको फाइनल सोमबार रंगशालास्थित टेबल टेनिस हलमै हुनेछ ।

महानगरले चालु आर्थिक वर्षमा खेलकुदमा ३ करोड रूपैयाँ छुट्याएको र आगामी वर्ष त्यसलाई बढाएर खेल गतिविधि बढाउने खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले बताए । लगानी धेरै गरेका खेलबाट मेडल र उपलब्धि पनि त्यहीअनुसार गर्न आवश्यक रहेको अध्यक्ष गोदारको भनाइ थियो । ‘राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश टिम च्याम्पियन भयो । त्यसमा पोखरा महानगरका धेरै खेलाडी थिए ।

तर, मेडल लिस्टमा टेबल टेनिसको कम देखियो,’ उनले भने, ‘त्यसैले लगानीअनुसार काम हुनुप¥यो । नभए किन लगानी गरिराख्ने ? लगानी गरेपछि नतिजा दिनुपर्छ ।’

कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले अरूले खेलकुदमा जोडबल गर्नुको सट्टा आफैंमा आकर्षण हुनुपर्ने बताए । विद्यालय तहका खेलाडीलाई राष्ट्रिय स्तरमा पु¥याउन प्रतियोगिता भइरहनुपर्ने अध्यक्ष जोशीले सुनाए । ‘१० देखि १५ वर्षको खेलाडीलाई पछि राष्ट्रिय स्तरमा सहभागी गराउन मद्दत पुगोस् भनेर प्रतियोगिता गरेका हौं,’ उनले भने ।

प्रतियोगितामा सिंगलतर्फ प्रथम हुनेले मेडल, प्रमाणपत्रसहित ५ हजार रूपैयाँ, द्वितीय हुनेले २ हजार ५ सय रूपैयाँ र तृतीय हुने २ जनाले १ हजार २ सय ५० रूपैयाँ पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । डबल्सतर्फ पनि मेडल, प्रमाणपत्रसहित प्रथम हुनेले ७ हजार रूपैयाँ, द्वितीय हुनेले ३ हजार ५ सय रूपैयाँ र तृतीय हुने २ जनाले १ हजार ७ सय ५० रूपैयाँ पाउने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै