आजदेखि प्रदेशस्तरीय राष्ट्रपति कप

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०८०

पोखरा । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप पोखरामा सोमबारदेखि सुरु हुँदै छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा २ दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले गर्ने परिषद्का कार्यालय प्रमुख तोपलाल भुसालले बताए ।

प्रतियोगिता सञ्चालनका लागि सम्बन्धित खेल संघलाई जिम्मेवारी दिएको परिषद्का सदस्यसचिव घनश्याम पौडेलले जानकारी दिँदै सुरक्षाका लागि नेपाल प्रहरी गण्डकी प्रदेश, मेडिकलका लागि नेपाली सेना पश्चिम पृतना तथा मार्चपास व्यवस्थापनका लागि सशस्त्र प्रहरी मुक्तिनाथवाहिनीलाई जिम्मेवारी दिएको बताए ।

प्रतियोगितामा सहभागिताका लागि ११ जिल्लाका विभिन्न ६ खेलका ७ सय २० खेलाडी पोखरा आइपुगेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षत्रीले बताए । विद्यालयस्तरीय छात्र÷छात्रा राष्ट्रपति कपमा मार्सल आर्टतर्फ उशु, तेक्वान्दो र कराते, टिम गेमतर्फ एथलेटिक्स, भलिबल र कबड्डीका खेलहरू सञ्चालन हुनेछन् ।

प्रतियोगिताबाट खेलाडी छनोट गरी वैशाख १५ र १६ गते काठमाडौंमा सञ्चालन हुने १३ औं राष्ट्रिय राष्ट्रपति कपमा सहभागिता जनाउने परिषद्ले जनाएको छ । छनोट हुन सफल खेलाडीलाई १ दिने बन्द प्रशिक्षणमा राखिने छ भने प्रदेशको टिम १४ गते काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै