सञ्जय र विनोदको ‘आमा भनेकै आमा हुन्’

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०८०
Aama song release

पोखरा । मातातीर्थ औंसी अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियो बुधबार लोकार्पण गरिएको छ । सञ्चारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर छ । भिडियो निर्देशन नेत्र गुरुङले गरेका हुन् ।

पोखरामा आयोजित समारोहमा गीतकार मल्लकी आमा चिजमाया र र गायक बानियाँकी आमा शान्तिले संयुक्त लोकार्पण गरे ।

रेडियो अन्नपूर्णका स्टेसन म्यानेजरसमेत रहेका गीतकार मल्लले सन् २०१५ मा मातातीर्थका दिन आमालाई समर्पण गरेर लेखिएको कविता ८ वर्षपछि स्रोता÷दर्शक समक्ष ल्याउन पाउँदा खुसी लागेको सुनाए ।

कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले आमा शब्द आफैँमा महान भएको भन्दै सानैमा आमा गुमाएकाले आमा भन्ने वित्तिकै गला अवरूद्ध हुने गरेको बताए ।

पोखरेली युवा सांस्कृतिक परिवार अध्यक्ष उपेन्द्र पौडेलले आममानिसले बाँचेको जीवनको पाटोलाई गीतले समेटेको बताए ।

प्राज्ञ हरिदेवी कोइरालाले आमाको महिमा विशाल रहेको भन्दै गीतको म्युजिक भिडियो हेर्दै गर्दा आफ्नो आमाको दुखलाई सम्झिएको बताइन् । गायक विनोद बानियाँले भिडियो सबैले रुचाउनेमा आशावादी बने । कास्कीकोटमा छायांकन गरिएको गीतको भिडियोमा खिमकुमारी सुवेदी र अनिल काकीले अभिनय गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width