सकियो सिस्टेनी मेला

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७९
Sisteni

लेखनाथ । रुपातालको प्रचारप्रसार गर्ने उद्देश्यले शान्तिरुपा बराहथोक तमु युवा परिवारले आयोेजना गरेको सिस्टेनी मेला शनिबार सकिएको छ । चैत १५ गतेदेखि १७ गतेसम्म चल्ने भनिएको मेला शुक्रबार दिउँसो हावा हुरीसहितको पानीका बिथोलिएपछि १ दिन थपिएको थियो ।

मेला समापन समारोहमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले इतिहास बोकेको मेलालाई पुन सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै मेला महोत्सव सञ्चालन गर्न रुपाताल छेउमा उचित ठाउँ व्यवस्थापन गर्ने गाउँपालिकाको योजना सुनाए ।

रुपा ६ का अध्यक्ष नारायण गुरुङले मेला महोत्सवले स्थानीय कला, संस्कृति जगेर्ना हुनुका साथै पर्यटकीय क्षेत्रका रुपमा प्रवद्र्धन गर्न फलदायी हुने बताए ।
पोखरा ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले मेलालाई वडाको तर्फबाट सदैव साथ, सहयोग र सर्मथन रहने प्रतिबद्धता जनाए ।

मेलामा स्थानीय उत्पादनको बिक्री वितरण भएको र अवलोकन गर्न आउने दर्शकका साथै सहयोगदाताको सहयोगले आगामी वर्षहरूमा अझै व्यवस्थित रुपमा सञ्चालन गर्ने हौसला मिलेको शान्तिरुपा तमु समाजका निवर्तमान अध्यक्ष सु. तुलबहादुर गुरुङले बताए ।

मेलाको मुख्य आर्कषणको रुपमा रहेको साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ध्रुवतारा युवा क्लब रुपा–६ भीरचोकले हात पारेको छ अन्नपूर्ण क्लब शुक्लागण्डकी कोत्रे उपविजेता बनेको छ । प्रतियोगितामा अन्नपूर्ण क्लब रुपा–५ बिमिरेले तृतीय स्थान हासिल गरेको खेल संयोजक रमेश गुरुङले जानकारी दिए । भलिबलमा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमश ६० हजार, ३० हजार, १५ हजार नगद प्राप्त गरे ।

प्रतियोगितामा बेस्ट प्लेयर धु्रवताराका भुपेन गुरुङ, बेस्ट लिब्रो शान्तिरुपा बराहथोक तमु युवा परिवारका अमन गुरुङ, बेस्ट लिफ्टरमा धु्रवताराकै बलराम गुरुङ, बेस्ट ब्लकरमा धु्रवताराका मन्जुर मिया, बेस्ट सटरमा अन्नपूर्ण क्लब कोत्रेका रबि गुरुङ र बेस्ट सर्भर अन्नपूर्णके हेलन गुरुङ घोषित भए ।

मेलामा आयोजित छेलोमा रुपा–६ भंगाराका कमल आले, रस्साकस्सीमा शान्तिरुपा बराहथोक तमु समाज, भाले प्रतियोगितामा पोखरा–३२ बडहरेका सुजन परियार उत्कृष्ट बने । भाले प्रतियोगितामा विजेताले भाले र रस्साकस्सीका विजेताले ५ हजार नगदसहित प्रमाण पत्र प्राप्त गरेको शान्तिरुपा बराहथोक तमु युवा परिवारका सल्लाहकार चन्द्र गुरुङले जानकारी दिए ।
खेलकुदका कार्यक्रमसँगै मेलामा ठाडो भाकाका कलाकार धम्पु दुरा, सीता दुरा र उनीहरूको टिम, कलाकार अनुष्का गुरुङका साथै स्थानीय कलाकारको प्रस्तुति रहेको थियो ।
मेला संयोजक क्या. बुद्धिबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा उपाध्यक्ष विमला गुरुङले स्वागत गरे । सीमा थापा र मीलन खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width