हाम्रो समाजमा जातीय भावना चर्को रुपले रहेको छ । जातजातिको त्यो भावनाले गर्दा समाज विभाजित छ । ठूलो जात र सानो जात, पानी खान हुने र पानी खान नहुने, छुन हुने र छुन समेत नहुने गरी समाज विभाजित भएकाले हाम्रो समाज स्वच्छ किसिमले विकसित हुन सकेको छैन । तर यो कुरा नीति निर्धारणको तहमा पुगेकाहरु र कथित माथिल्लो जातकाले बुझेका छैनन् वा बुझेर पनि बुझपचाएका छन् । समाजको एक ठूलो हिस्सा निस्क्रिय छ । हाम्रो शरीरको एक अंगले काम गरेन भने शरीरको गति कस्तो हुन्छ, त्यस्तै हाम्रो समाज भएको छ । समाजमा विकास निर्माणका लागि अनेक योजना तयार गर्दछन् । कार्यक्रमहरु बनाउँदछन् तर त्यसमा जति जनाले बल लगाएर काम गर्नुपर्ने हो, त्यो भएको छैन । त्यसैले हामीले विकास निर्माण लगायतको आर्थिक लक्ष्य कहिले हासिल गर्न सकेका छैनौं ।
यो कुरा नीति निर्धारण तहमा पुग्नेहरुले कहिल्यै गम्भीरतापूर्वक लिएनन् । दलितहरुप्रति तिनीहरुको भावनामा परिवर्तन भएको छैन । बाध्यतावश केही भएको छ तर त्यसभन्दा बढी भएको छैन । देशमा दलित आन्दोलन भएको आज होइन । राजनीतिक आन्दोलनको साथ दलित आन्दोलन भएको हो । बागलुङका सर्वजित विश्वकर्माले १९९७ सालमा एउटा संस्था खोलेर जातीय विभेदविरुद्ध आन्दोलन सुरु गरेका थिए । दलितहरुले राजनीतिक अन्दोलन सफल भएमा आफूपनि सफल हुने अभिलाषा लिएर देशमा भएको प्रत्येक आन्दोलनमा सहभागिता जनाउने गरेका छन् । त्यस्ता आन्दोलन पनि सफल भएका छन् तर दलितहरु मुक्ति पाउन सकेका छैनन् । २०२० सालमा मुलुकी ऐन संशोधन गरेर भेदभावले मुक्त भएको जातीय प्रथा हराएर समानताको बिगुल त फुके तर व्यवहारमा त्यो अझै लागु भएको छैन । संविधानले छुवाछूत र जातीय भेदभावविरुद्धलाई दण्डनीय कार्य भनेर परिभाषित गरेको छ तर त्यसलाई पनि प्रशासनमा बस्नेहरुले कार्यान्वयन गरेका छैनन् । त्यसले गर्दा पनि समाजमा परिवर्तन आएको छैन ।
एउटा आन्दोलनक्रममा दलित र गैरदलितको विवाहलाई प्रोत्साहित गरियो । त्यसरी विवाह गर्नेलाई पुरस्कार पनि दिइयो । नयाँ संविधानको घोषणापछि प्रतिनिधि सभा र प्रदेश सभामा दलितको संख्या उल्लेख्य रुपमा थियो तर त्यो पनि पछि घट्दै गयो । प्रतिनिधि सभामा दलित खोज्नु पर्ने भएको छ । दलित जनप्रतिनिधि खोज्न स्थानीय तहमा पुग्नुपर्ने भएको छ । स्थानीय तहमा १ दलित महिला अनिवार्य गरिएकाले सबै दलले दलित महिला उम्मेदवार बनाउनु पर्ने भएको छ । त्यो व्यवस्थाले दलितको स्थान सुरक्षित भएको छ । दलितको उत्थान र विकासको लागि छिट्टै केही न केही व्यवस्था गर्नु नितान्त आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१