गोर्खेभन्ज्याङ हेलिप्याडमा सफल अवतरण

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७९
Helipad Bhirkot

स्याङ्जा । भिरकोट नगरपालिकाको दुर्गमथलो गोर्खे भन्ज्याङमा हेलिप्याड निर्माण गरिएको छ । भिरकोट ८ स्थित गोर्खेभन्ज्याङमा हेलिप्याड निर्माणपछि यहाँका स्थानीय खुसी भएका छन् ।

आकस्मिक घटना दुर्घटनापछि छिटोछरितो उपचार गर्न सम्बन्धित निकायसम्म पुर्‍याउन सहज बनाउन हेलिप्याड निर्माण गरिएको वडाध्यक्ष नन्दप्रसाद खनालले जानकारी दिए । हेलिप्याड बनेपछि वडा ५ र ९ का स्थानीय लाभाविन्त हुने छन् ।

कोभिडजस्तै अन्य संक्रमण आइपरेमा, सुत्केरी लगायत अन्य इमर्जेन्सी स्वास्थ्य सेवाको आवश्यकता भएमा, ग्रामीण सडकमा हुने दुर्घटनापछि तत्काल उपचारका लागि अस्पताल पुर्‍याउनु परेमा हेलिकोप्टरसहितको सेवा उपलब्ध गराउन सहज बनाउन सकियोस् भन्ने उद्देश्यले हेलिप्याड बनाइएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । व्यवस्थित हेलिप्याड निर्माणका लागि आउँदो आवमा बजेट विनियोजन गरेर मैदानदेखि बाटोसम्मको सडक पक्की कालोपत्रे निर्माण गर्ने उनले बताए ।

‘पहाडी मूलका नगरपालिका जताततै सडक संजालले जोडेको छ । अधिकांश ग्रामीण सडक कच्ची छन् । यात्रु क्षमताभन्दा धेरै र थामिनसक्नु सामान बोकेर गाडीहरु गाउँगाउँमा पुग्दा कयौं पटक दुर्घटनामा परेका छन् । यस्तो अवस्थामा समयमै सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउन सके उनीहरुको ज्यान जोगाउने सकिने थियो,’ वडाअध्यक्ष खनाल ।

गत वर्ष ग्रामीण सडकमा चल्ने सवारीसाधन दुर्घटना हुँदा समयमै उपचार पाउन नसक्दा केही ब्यक्तिले अकालमै ज्यान गुमाएका थिए । सोही अवस्थालाई मध्यनजर गर्दै दुर्गम ठाउँलाई शहरसम्म जोड्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको हो ।

४ लाख ५० हजारको लागतमा निर्मित हेलिप्याड ४० मिटर लम्बाईको छ । निर्माणमा वडा कार्यालयले ६५ हजार खर्च गरेको छ । त्यस बाहेक बिभिन्न निर्माण कम्पनीले मैदान सम्याउने कार्यमा निशुल्क सहयोग गरेका छन् ।

हेलिप्याड निर्माणपछि पोखराबाट ल्याइएको हेलिकोप्टरले सफल अवतरण गरेको छ । कैलाश हेलिकोप्टरले पोखरा–गोर्खेभन्ज्याङमा अवतरण गरेको हो । पोखरा विमानस्थलदेखि गोर्खेभन्ज्याङ हेलिकोप्टरमा ६ मिनेटमात्र मात्र पुगिन्छ ।

हेलिप्याडको गण्डकी प्रदेशका पूर्व मन्त्री एवं नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले उद्घाटन गरे । कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्या, उपप्रमुख भगवती रेग्मी, निवर्तमान प्रमुख छायाराम खनाल, सदस्य विष्णुमाया काफ्ले लगायतले सामाजिक कार्यप्रति खुसी व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको  नियुक्तिविरुद् परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल…
  • गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दुर्गा सिंहले सोमबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणलगत्रै…
  • अधिकारी सरकारको वैधताको टुंगो आज !

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्व सरकारको वैधताको टुंगो सोमबार लाग्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीमा अधिकारी नियुक्तपछि कांग्रेसका…
  • डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारबाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन् । शनिबार…
  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…

hero news full width