डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७९
teacher.

पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन, प्रविधिलाई सिकाइमा जोड्ने र प्रविधिका नवीनतम आयामबारे जानकारी दिने उद्देश्यले कार्यशालाको आयोजना गरिएको प्रविधिमैत्री शिक्षक समाज नेपाल, गण्डकी प्रदेश संयोजक श्रीकान्त पौडेलले बताए ।

पोखरा महापालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले कार्यशाला उद्घाटन गरे । उनले शिक्षकलाई प्रविधिसम्बन्धी सिप सिकाउने र कक्षाकोठा प्रविधिमैत्री बनाई अध्यापन गराउने विषयमा प्रविधिमैत्री शिक्षक समाजसँग आगामी दिनमा हातेमालो गर्दै जाने बताए ।

कार्यशालामा त्रिभुवन विश्वविद्यालय तथा नेपाल खुला विश्वविद्यालयका प्रशिक्षकहरू डा. जीवन खड्का, डा.वेदप्रसाद ढकाल, रोमकान्त पाण्डे, डा.जीवन खनाल, प्राडा तारादत्त भट्ट लगायतले सहजीकरण गरे ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले कार्यशालाले शिक्षकको ज्ञानको दायरा बढाउनुका साथै सक्षमतामा योगदान पुर्‍याउने हुनाले निरन्तरता दिन सुझाव दिए ।

प्रविधिमैत्री शिक्षक समाज नेपाल, गण्डकी प्रदेशका संयोजक श्रीकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव संविधान लामिछानेले गरेका थिए ।

कार्यशालामा पोखराका विद्यालयका प्रधानाध्यापक र शिक्षक गरी ३० जना सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै