मुस्ताङको तेज निरलामा अमिशाको प्यानल विजयी

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७९
Mustang FSU Photo

पोखरा । मुस्ताङको तेज निरला जनहित बहुमुखी क्याम्पस, जोमसोमको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अमिशा तिलिजा विजयी भएकी छिन् । नेपाल विद्यार्थी संघ, एकीकृत समाजवादी निकट अनेरास्ववियू र माओवादी निकट क्रान्तिकारी विद्यार्थी संगठनबीच उक्त क्याम्पसमा तालमेल भएको थियो ।

आइतबार भएको निर्वाचनमा सो क्याम्पसमा अमिसाको गठबन्धनको प्यानल विजयी भएको हो । उपसभापतिमा रुपिका थकाली, सचिवमा रविना गुरुङ, सहसचिवमा रोहन विक र कोषाध्यक्षमा असिम गुरुङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा निशाल थकाली, प्रिती गुरुङ, काल्देन साङ्मो गुरुङ, सिर्जना राई र कुशुल थकाली विजयी भए ।

Related News

सम्बन्धित समाचार

hero news full width