पोखरा । स्ववियु चुनाव ५ चैतलाई तय भएपछि कास्कीमा पनि ६ क्याम्पस निर्वाचन तयारी हुँदै थियो । देशभरमै धेरै विद्यार्थी भएको पृथ्वीनारायण क्याम्पससँगै पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, वन क्याम्पस, जनप्रिय बहुमुखी र संस्कृत विद्यापीठमा विद्यार्थी संगठन दर्ता भएर प्रक्रिया अघि बढेको थियो ।
फागुन २७ गते उम्मेदवारी दर्ताको समय थियो । तर, त्योभन्दा अघिदेखि नै क्याम्पसहरुमा विद्यार्थी संगठनबीच विवाद चलिरहेको थियो । सोही कारण पश्चिमाञ्चल र पोखरा नर्सिङमा मात्र उम्मेदवारी दर्ता भयो । बाँकीमा विभिन्न संगठनको विवाद र तालाबन्दीले चुनावी प्रक्रिया रोकियो ।
पृथ्वीनारायण क्याम्पसको विवाद त उच्च अदालत पोखरासम्मै पुग्यो । उच्चले अल्पकालीन आदेश जारी गर्दै निर्वाचन प्रक्रिया रोक्न आदेश दिएको थियो । आदेशपछि स्ववियु निर्वाचन अनिश्चित नै बनेको छ । यहाँका निर्वाचन अधिकृतले राजीनामा दिएका छन् ।
उता, चुनावी प्रक्रिया अघि बढेको पोखरा नर्सिङमा नेवि संघ भने अनेरास्ववियु सभापति र कोषाध्यक्षको मनोनयन खारेज माग गर्दै अदालतको ढोका पुग्यो । नेविसंघको रिटमा अदालतले शुक्रबार विपक्षीका नाउँमा अन्तरिम आदेश जारी गरेपछि यहाँ पनि निर्वाचन अन्यौल बन्यो ।
न्यायाधीश उज्ज्वल शुक्ल र ऋषि राजभण्डारीको इजलासले स्ववियु निर्वाचन नगर्नू नगराउनू भनी अन्तरिम आदेश जारी गरेको हो ।
कास्कीका क्याम्पसमध्ये शुक्रबारसम्म ५ क्याम्पसको ‘च्याप्टर क्लोज’ भइसकेकोमा पश्चिमाञ्चलको भने झिनो सम्भावना थियो ।
तर, शुक्रबार क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीचको बैठकले विवाद हल नहुँदासम्म निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको क्याम्पस प्रमुख निर्मलप्रसाद बरालले बताए ।
यहाँ नेविसंघको एउटा पक्ष मनोनयनका कारण असन्तुष्ट थियो । उनीहरुले २९ फागुनमा क्याम्पस प्रशासन तथा स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए ।
क्याम्पसले मनोनयनमा एकलौटी गरेको आरोप लगाउँदै नेविसंघ क्याम्पस इकाइ समितिका ३ उपसभापतिसहित राजीनामासहित तालाबन्दी गरेका हुन् ।
निर्वाचन नहुनुमा क्याम्पस प्रशासन कमजोर भएको विद्यार्थी संगठनको आरोप छ
विद्यार्थीको माग सम्बोधन गर्न बसेको बैठकमा सहमति नजुटेपछि स्थगित गर्नुपरेको क्याम्पस प्रमुख बरालले बताए । ‘यो चुनाव विद्यार्थीका लागि हो । विद्यार्थी स्वयं चुनावका लागि इच्छुक छैन भने प्रशासनले मात्र बल प्रयोग गरेर गर्दा त्यसको अर्थ नराम्रो पनि जाला,’ उनले भने, ‘त्यही कारण हामीले अन्तिमसम्म पनि विद्यार्थीसँग बसेर प्रयास गर्दा गर्दै पनि स्थगित भएको अन्तिम निर्णय लिनु पर्यो ।’ उनले विद्यार्थीको निर्वाचन विद्यार्थीलाई नै छाडिदिनु पर्ने बताउँछन् ।
वन विज्ञान क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले ताला लगाएका छन् । जनप्रियमा नेविसंघले विवाद झिकेपछि रोकिएको हो भने विन्दुवासिनीमा अखिल र अखिल क्रान्तिकारीले ताला लगाएका छन् ।
कास्कीका क्याम्पसहरुमा निर्वाचन नहुनुमा क्याम्पस प्रशासन कमजोर भएको विद्यार्थी संगठनको आरोप छ । केही संगठन भने एकएर्कामा कमजोरी भएको आरोप लगाउँछन् । अनेरास्ववियु कास्कीका संयोजक सन्तोष पोखरेलले अनेरास्ववियुले तयारी गर्दागर्दै अन्य विद्यार्थी संगठनले विवाद गरेपछि निर्वाचन नभएको तर्क दिन्छन् । ‘चार वटा क्याम्पसमा नेविसंघका साथीहरुले विद्रोह गर्नुभयो । जसले निर्वाचन प्रक्रिया अघि बढ्न सकेन,’ उनले भने, ‘संस्कृतमा हाम्रा साथीहरुलाई थर्काउने तर्साउने भएपछि आफ्नो सुरक्षाका लागि तालाबन्दी गर्नुभएको थियो । अहिले तालाबन्दी खुलिसकेको छ । अखिल अझै पनि स्ववियु निर्वाचनकै पक्षमा छ ।’
नेविसंघ कास्की सभापति नसिव गुरुङले विद्यार्थी नेताहरुको स्वार्थ र प्राविधिक कारण निर्वाचन हुन नसकेको बताउँछन् । केही दिन सारेर भए पनि स्ववियु निर्वाचन हुनुपर्ने उनको जोड छ । ‘चुनाव नै भएन भने लामो समयदेखि चुनावका लागि नै भनेर संघर्ष गरिरहेकाहरुको नेतृत्व विकास कसरी हुन्छ ?’ उनी भन्छन् ।
अखिल क्रान्तिकारी केन्द्रीय सदस्य त्रिदिव गुरुङले क्याम्पस प्रशासन र विद्यार्थी संगठनका कारण कास्कीका कुनै पनि क्याम्पसमा चुनाव हुन नसकेको बताए । ‘केही क्याम्पसहरुमा प्रशासन नै निर्वाचन गर्न तयार नभएको जस्तो देखिन्छ,’ उनले भने, ‘केहीमा विद्यार्थी संगठनहरु नै नमिलेको कारण भएन ।’ अखिल क्रान्तिकारी निर्वाचनको पक्षमा भएकाले हारजित भन्दा पनि प्रतिष्ठा जोगाउने विषय भएको उनको बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वनमा आगो नलगाउन एमाले वडा कमिटी २१ को आग्रह
एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१