पोखरामा मोडल र्‍याम्प

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७९
Heritage newss

पोखरा । नयाँ–नयाँ पहिरनमा सजिएका मोडल र्‍याम्प उत्रिएका छन् । असाप इन्टरटेन्मेन्टले आयोजना गरेको तेस्रो हेरिटेज अफ फेसन नेपालमा ख्याति कमाएका डिजाइनरले तयार पारेका पहिरनमा उनीहरु र्‍याम्प उत्रिएका हुन् ।

लेकसाइडस्थित हेरिटेज होटलमा भएको फेसन सोमा नेपालका विभिन्न जातजातिका पुख्र्यौली पहिरनदेखि सांस्कृतिक सम्पदा झल्काउने पहिरन फेसनमा प्रदर्शन गरिएको थियो ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले फेसन सो उद्घाटन गर्दै नेपालको सांस्कृतिक प्रचारप्रसारमा कार्यक्रममार्फत टेवा पुग्ने बताए । उनले यस्ता कार्यक्रममार्फत अहिलेका युवालाई नेपालको सभ्यता र सम्पदाका विषयमा समेत जानकारी मिल्ने बताए । प्रदेश सरकार पनि प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षणमा लागि परेको भन्दै उनले सो कार्यक्रम निरन्तरताको कामना समेत गरे ।

सो स्टपरमा पोखराका व्यवसायी एवं चलचित्रकर्मी सन्तोष अधिकारी र्‍याम्पमा देखिए । उनले नेपालको संस्कृति झल्काउने पहिरन लगाएका थिए । चलचित्र ‘आमा’ को सहनिर्माता अधिकारीले नै हेरिटेज अफ फेसन नेपालको अवधारणा ल्याएका हुन् । अधिकारीसँगै सुनिशा बजगाई, एन्जल श्रेष्ठ, स्वीन्जा सुमन, दीपा मगर स्टेजमा देखिए ।

डिजाइन तिर्सना गुरुङ, रोविन परियार, अमितेस कर्ण, मनिस बोगटी, आयुश ठकुरी, सजिना विष्ट, ज्वाला राज पोखरेलको डिजाइन प्रस्तुत गरिएको थियो । कलाकार अर्पण थापाको विशेष उपस्थिति थियो भने चलचित्र निर्माता शर्मिला पाण्डे, निर्देशक घनश्याम लामिछाने, नेपाल एयरलायन्सकी क्याप्टेन भावना पन्त, सुरज पाण्डे, संचारकर्मी जीपी तिमिल्सिना, विवेकसिंह ठकुरीको उपस्थिति थियो । नवराज श्रेष्ठको सांगीतिक प्रस्तुति रहेको सोको विवेक खतिवडाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width

Recent Posts

भर्खरै