पोखरा । गोरखामा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो सदरमुकामस्थित बिसौनी मोडबाट प्रदेश ३–०१–००३ क ६१७० नम्बरको ट्रक पल्टिएर जिल्ला प्रहरी कार्यालयको भवन नजिक पुगेको थियो । दुर्घटनामा ट्रकधनी आरुघाटका उमेश श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंक गजुरीमा कार्यरत विष्णु खड्काको मृत्यु भएको हो ।
उनीहरु दुवैजना दुर्घटनामा गम्भीर घाइते भएका थिए । श्रेष्ठको गोरखा अस्पताल र खड्काको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको गोरखा प्रहरीका प्रवक्ता डिएसपी लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको भरतपुर र एकजनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।
बर्दियाका मंगल चौधरी गम्भीर घाइते छन् । उनी विवाहमा सहभागी हुन गोरखा गएका थिए । उनी पनि वाणिज्य बैंक गजुरीमा कार्यरत हुन् । चितवनबाट फलफूल लिएर आरुघाट जाँदै गरेको ट्रक सामान लोड गर्न शक्तिचोक गएको थियो । सामान लोड गरेर निस्किने वित्तिकै दुर्घटनामा परेको हो । ट्रक अनियन्त्रित भएपछि बा८६प १७८५ नं को मोटरसाइकल र सडक पेटीमा बसेर चनाचटपट खाइरहेका व्यक्तिहरुलाई ठक्कर दिएको थियो ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१