फ्लोफ्लो कपमा दोस्रो चरणका खेल

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७९
flow flow cup 3rd day news

पोखरा । गन्नी एफ सी फुटबल क्लब आयोजनामा प्रथम फ्लोफ्लो कपअन्तर्गत बुधबारदेखि दोस्रो चरणका खेल सुरु भए । पोखरा १३ माछापोखरीमा जारी प्रतियोगितामा प्रो फिट फुटबल क्लबले नमुना फुटबल क्लबलाई २–० अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

खेलमा प्रोफिटका आशीष कुँवर र प्रवेश गुरुङले १–१ गोल गरे । दोश्रो खेलमा बी १३ ले बीवाइएस एफसीलाई ६–० अन्तरले पराजित गर्न सफल रह्यो । खेलमा बी १३ को तर्फबाट दीपेश गुरुङले ५ र सन्देश देवकोटाले १ गोल गरे ।

केआइइसी बोन एफसीले अविनाश तामाङको निर्णायक गोलमा दिनेश एफसीलाई १–० हरायो ।

चांैथो खेलमा एलजी एकताले दीप–१६ लाई १–० अन्तरले पराजित हरायो । जीतमा प्रशान्त गुरुङले निर्णायक गोल गरे । पाँचौं खेलमा रामघाट एफसीले ढुंगेसांघु एफसीलाई २–० अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । रामघाटका गंगा गुरुङ र प्रवीण गुरुङले समान १–१ गोल गरे ।

रत्न समाजलाई सैनिक एफसीले २–० अन्तरले हरायो । जीतमा सुजल गुरुङ र विकास परियारले १–१ गोल गरे । बुधबारको अन्तिम खेलमा रत्नचोकले संगम एकेडेमीलाई १–० अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग¥यो । अभिषेक गुरुङले निर्णायक गोल गरे । विजेताले २ लाख ११ हजार र उपविजेताले १ लाख ५ हजार पाउनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width