पाँचौं सृजना कप सुरु

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७९
srijana cup starts

पोखरा । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघ आयोजनामा पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप सुरु भएको छ । भलिबल टे«निङ सेन्टरमा ४ दिनसम्म चल्ने प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयका छात्रछात्रातर्फ ४५ टिम प्रतिस्पर्धामा छन् ।

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले खेलका नियम पालना गर्दै अनुशासित ढंगले प्रतियोगितामा भाग लिन खेलाडीलाई आग्रह गरे । उनले प्रदेशबाट प्रोत्साहन हुने तथा हौसला प्रदान हुने यस्ता सबै काममा सकारात्मक सहयोग गर्नेमा आफू दृढ रहेको बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङ, पोखरा वडा १५ अध्यक्ष एवं कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरणबहादुर बानियाँ, जनप्रिय बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, जनप्रिय मावि व्यवस्थापन समिति अध्यक्ष परशुराम बराल, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराललगायतले बोलेका थिए ।

आयोजक सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापाले प्रतियोगिता नियमित संचालन गर्दै जाने र आगामी दिनमा खेलाडीको हितको लागि अक्षयकोषसमेत स्थापना गर्ने बताए । उनले भलिबल एकेडेमी संचालन गर्दै लुकेर रहेको प्रतिभा उजागर गर्दै जाने बताए । केन्द्र अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला भलिबल संघ महासचिव टंकराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन प्रतियोगिता संजोजक मीनप्रसाद भट्टराईले गरेका थिए ।

प्रोत्साहन तथा हौसला हुने कार्यक्रममा प्रदेशको सकारात्मक सहयोग हुनेछ : मुख्यमन्त्री

सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलमा छात्रछात्रा दुवैतर्फ विजेतालाई १÷१ लाख, उपविजेतालाई ६०÷६० हजार र तृतीय हुने विद्यालयलाई ३५÷३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए । सृजना विकास केन्द्रका पूर्व अध्यक्ष एवं सल्लाहकार समिति संयोजक गणेशबहादुर अधिकारी विगतमा क्लबले विद्यालयस्तरमा सृजना रनिङ सिल्ड आयोजना गरेको स्मरण गर्दै सृजना कप रुपमा यहाँसम्म आइपुग्दा खुसी व्यक्त गर्छन् ।

पहिलो दिन ८÷८ खेल सम्पन्न भएको रेफ्री संयोजक गोपाल थापाले बताए । छात्रतर्फ उद्घाटन खेलमा कालिका मावि विजयी भयो । इन्द्रराज्यलक्ष्मीलाई २५–२० र ३५–३३ सेटमा हराउँदै कालिका विजयी भएको हो । राष्ट्रिय माविले विश्वशान्न्तिलाई २५–१६ र २५–१६ मा हरायो । भद्रकालीले विन्दवासिनीलाई सोझो सेटमा हरायो । भद्रकाली २५–११ र २५–२१ मा विजयी भएको हो । यस्तै अमरसिंहले छोरेपाटनलाई २–१ सेटमा हरायो । जसमा १९–२५, २५–२१ र २५–१० सेटको नतिजा आयो । राष्ट्रिय माविले कालिकालाई २५–१५ र २५–१६ सहित सोझो सेटमा पराजित ग¥यो । तालवाराहीले जनप्रकाशलाई २५–१६ र २५–१३ सेटमा हराउँदा जनप्रियले वराहलाई २५–२० र २५–२२ मा पाखा लगायो । पहिलो दिनको आठौं तथा अन्तिम खेलमा वराहले जनप्रभातलाई २५–१५ र २५–१५ मा पराजित ग¥यो ।

छात्रातर्फ गोगन माविले पहिलो खेल जितेको छ । उसले सृजना माविलाई २५–१९ र २५–११ सेटमा हरायो । इद्रराज्यलक्ष्मीले विन्ध्यवासिनीलाई २–१ सेटमा हराउँदा २५–१३, २२–२५ र २५–१० को सेटमा खेल टुंगियो । कन्या माविले राष्ट्रिय माविलाई २५–५ र २५–४ को फराकिलो अन्तरले हरायो । भद्रकालीले अमरसिंहलाई २५–१२, २४–२६ र २५–११ मा हराउँदा गौरीशंकरले लक्ष्मीलाई २५–१३, २५–८ सोझो सेटमा हरायो । तालवाराहीले कालिकालाई २५–२०, २५–११ मा हराउँदा साविक विजेता शान्ताले गोगनलाई २५–६ र २५–११ सेटमा पाखा लगायो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै