पोखरा स्पोर्ट्स अवार्ड वैशाखमा

आदर्श समाज सम्वाददाता
माघ १७, २०७९
nsjf gandaki

पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करण आगामी २२ वैशाखमा हुने भएको छ ।

मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको १९ औं बैठकले मिति तय गरेको महासचिव राजाराम पौडेलले जानकारी दिए ।

अध्यक्ष बरालले स्पोर्ट्स अवार्ड उत्कृष्ट बनाउन तयारी सुरु गरिएको बताउँदौ सबैको साथ र सहयोगको अपेक्षा गरे । मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने छ ।

यसैबीच, बैठकले मञ्चका पूर्व सल्लाहकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गर्न लागेको अक्षयकोषमा १५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । हवाइ दुर्घटनामा ज्यान गुमाएका पत्रकार महासंघ गण्डकीले संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा यसअघि १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै