कास्कीकाे चापाकोट देउराली महोत्सव तयारी

आदर्श समाज सम्वाददाता
माघ १५, २०७९
Chapakot melas

पोखरा । चापाकोट पर्यटन प्रवद्र्धन समिति आयोजनामा चापाकोट देउराली सामुदायक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । यही माघ २४ देखि २८ सम्म हुने महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रम तथा प्रतियोगिता हुने चापाकोट पर्यटन प्रवद्र्धन समिति अध्यक्ष भिमप्रसाद पराजुलीले जनाए ।

सो अवसरमा नौमती बाजा, भजन, रत्यौली, खेलकुद, बालनृत्य, दुनाटपरी गाँस्ने लगायत प्रतियोगिता हुने छ । प्रतियोगितामा विभिन्न कलाकारको प्रस्तुति समेत हुनेछ ।

स्थानीय प्राकृतिक धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, पर्यटन पर्यावरण विकास गर्ने, स्वरोजगार निर्माण गरी महोत्व आयोजना गर्न लागिएको हो । महोत्सवमा २५ लाख खर्च हुने र अनुमानित ३ लाख बचत रकम स्थानीय पर्यटन प्रवद्र्धनमा खर्चिने आयोजकको योजना छ । महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ । सहपा्रयोजक चापाकोट देउराली सामुदायिक होमस्टे हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै