पोखरा । नेवारी संस्कृतिमा आधारित पोखराको पुरानो भैरव नाच अहिले पोखराका टोलटोलमा प्रदर्शन भइरहेको छ । हरेक कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थितिले यस नाचप्रति सबै समुदायका मानिसको उत्तिकै चासो र आकर्षण बढ्दै गएको बुझ्न सकिन्छ ।
२ सय ५० वर्ष पुरानो बताइने तन्त्रमा आधारित यस नाच लामो अभ्यासपछि कलाकारले प्रस्तुत गर्ने गरेको आयोजक भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानांगले जानकारी दिए । हरेक १२ वर्षमा प्रदर्शन गर्दै आइएको नाच २०२९ सालपछि हरेक ६ वर्षमा प्रदर्शन गर्ने गरिएको छ । तर यो पटक कोरोना लगायतका कारणले ७ वर्षपछि प्रदर्शन गरिएको जानकारी उनले दिए ।
नाचका लागि कलाकार, जगेडा कलाकार र सहयोगी गरी १ सय ६ जना आवश्यक पर्ने र ती मध्ये १२ जना कलाकार प्रमुख भूमिकामा देखिने गरेका छन् । काल भैरव, महाकाली, इन्द्रायणी, बाराही, कौमारी, विष्णुवी, व्रह्मायणी, गंगा, गणेश, दागिनी, भूच्चा र कवाङ नाचमा प्रमुख रुपमा देखिने संस्कृतिकर्मी तीर्थ श्रेष्ठले जानकारी दिए । भैरव नाचबाट भय हरण हुनुका साथै दुःख कष्ट निवारण हुने जन विश्वास रहेको उनले बताए ।
पोखराको भीमसेन मन्दिरबाट सुरु भएको सहरका विभिन्न स्थानमा देखाउने क्रम जारी छ ।
यसपटक पोखराको भीमसेन मन्दिरबाट सुरु भएको नाच गणेश टोल, तेर्सापट्टी विन्ध्यवासिनी, भैरवटोल, नयाँबजार, नयाँ सडक, लेकसाइड, फूलबारी लगायतका ठाउँमा प्रदर्शन भइसकेको छ । यो नाच देखाउने कार्य निकै खर्चिलो भए पनि नयाँ पुस्तालाई समेत नाचबारे सिकाउने कार्य जारी रहेको र काठमाडौंमा मात्र नभई पोखराको नेवार समुदायले पनि नाचलाई निरन्तरता दिँदै आएको छ । यसपटक नाच देखाउन पोखरामा मात्र ३ सय ५० कलाकारले १ महिना लामो अभ्यास गरेका थिए । गएको मंसिर १५ देखि २२ गतेसम्म नाच देखाउने मुख्य तालिका भए पनि दर्शक र भक्तजनको माग अनुसार चैत मसान्तसम्म प्रदर्शनगर्ने कार्यक्रम अन्तर्गत नाच देखाइएको छ ।
नाचको क्रममा नेवारी भाषाका भजन र आरतीको गायनसँग सम्वन्धित विभिन्न रागहरू अलाप्ने गरिन्छ । नाच्नेहरु विभिन्न तालमा प्रस्तुत हुन्छन् । मृदंगा, झ्याली, सहनाइ वादनको माध्यमबाट संगीत सिर्जना गरेर भैरव नाच नचाउने गरिएको छ । शास्त्रीय संगीतमा आधारित यो नाच ६ घन्टाजति चल्ने गर्छ । मुखुण्डो लगाएर नाचिने नाच भक्तपुरका राजा रणजीत मल्लको पालादेखि सुरु भएको बताइन्छ ।
पोखराका वरिष्ठ संस्कृतिकर्मी स्व. सर्वज्ञमान प्रधानांगले लामो अवधि नृत्यको गुरु र समितिको अध्यक्षको रुपमा काम गरेका थिए । कृष्णबहादुर वैद्यले पनि गुरु भएर जिम्मेवारी पूरा गरे । हाल नृत्यको गुरुको रुपमा कृष्णदेव प्रधानांगको भूमिका पनि महत्वपूर्ण छ ।
भैरवको पुजनबाट भय हराउनुका साथै दुःख कष्ट निवारण हुने जन विश्वास रही आएको छ । भय र दण्डका देवताको रुपमा हिन्दू र बौद्ध संस्कृतिमा भैरबको पूजा हुदै आएको छ । भैरव नृत्य मनोरञ्जनात्मक देखिए पनि यो मुख्यगरी संस्कृतिमा आधारित नृत्य हो । नेपाल सरकारले यस नृत्यको सम्मानार्थ २०५७ सालमा नृत्य अंकित हुलाक टिकट पनि बाहिर ल्याएको थियो ।
भैरव नाचलाई शैव मत र बौद्ध मतको सम्मिश्रित संस्कृति भएको र यसले समन्वयात्मक संस्कृति को निर्माण गरेको छ भन्नुमा अत्युक्ति नहुने धार्मिक एवं सामाजिक व्यक्तित्व रवीन्द्र माकाजूले लेखेका छन् । नृत्यमा विभिन्न रस जस्तै वीररस, करुणरस, भक्तिरस, हास्यरस, श्रृंगार रस आदि पनि भेट्न सकिने र यसले नेपाली समाजमा सामाजिक एकता प्रदर्शन गर्दै टोलवासीलाई मिलेर बस्न सिकाउने उनको मत छ ।
Related News
सम्बन्धित समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१